Tuesday, April 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोसी प्रदेश सरकार र पहिचान पक्षधरबीच भएको पहिलो वार्ता निष्कर्षबिहीन, फेरि वार्ता गरिने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ४, २०८०
in समाचार
0
कोसी प्रदेश सरकार र पहिचान पक्षधरबीच भएको पहिलो वार्ता निष्कर्षबिहीन, फेरि वार्ता गरिने
99
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोसी प्रदेश सरकार र नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरबीच आज (सोमबार) भएको पहिलो चरणको वार्तामा कुनै निष्कर्ष निस्कन सकेन । दुवै पक्षबीच फेरि वार्ता गरिने भएको छ ।

प्रदेश राजधानी विराटनगरस्थित बिग होटलमा भएको वार्तामा ४ घण्टा छलफल भएको थियो ।

प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेपछि त्यसको विरोधमा पहिचान पक्षधर आन्दोलित छन् ।

कोसी नाम खारेजी र बहुपहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै निरन्तर आन्दोलन हुन थालेपछि सरकारले वार्ताको आह्वान गरेको थियो ।

प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि आन्दोलनरत पहिचानवादीसँग सरकारले पहिलोपटक औपचारिक वार्ता गरेको हो ।

वार्तामा सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रदेशका सिचाईँ खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो तथा सदस्यहरु उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सहभागी भएका थिए ।

पहिचान पक्षधरका तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, ग्याल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जबेगू सहभागी थिए ।

प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति घोषणा गरेर पहिचान पक्षधर आन्दोलित छन् । विराटनगर केन्द्रित आन्दोलन गरिरहेका उनीहरुले राजनीतिक दलका शीर्ष नेता तथा कोसीको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्यलाई जिल्ला प्रवेशमा रोक लगाउने गरिरहेका छन् ।

पहिचान पक्षधर वार्ता टोली सदस्य रामभक्त कुरुङबाङले फेरि बस्ने सहमति गरेर पहिलो चरणको वार्ता सम्पन्न गरिएको जानकारी दिए । उनले सरकारसँग वार्ता प्रारम्भ भएको र छलफल सकारात्मक दिशामा अगाडि बढेको बताए ।

Tags: कोसी प्रदेशपहिचानवार्ता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा लाटोकोसेरोको समूह
पर्यावरण

सुनसरीमा लाटोकोसेरोको समूह

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

सुनसरीको इनरुवा नगरपालिका–४ मा आँपको रूखको हाँगामा बसेको कोचलगाँडे लाटोकोसेरोको समूह । मानव बस्ती नजिक तथा र कृषि क्षेत्रहरूमा देखिने...

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय
FEATURE BREAKING

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

इटहरी : पछिल्लो समय मोबाइल फोनहरूमा अपरिचित व्यक्तिबाट म्यासेज गरी लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ। खासगरी लटरी...

इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

बैशाख १४, २०८३
भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

बैशाख १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा लाटोकोसेरोको समूह

सुनसरीमा लाटोकोसेरोको समूह

बैशाख १४, २०८३
लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

बैशाख १४, २०८३
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1454 shares
    Share 582 Tweet 364
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    644 shares
    Share 258 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    378 shares
    Share 151 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.