इटहरी : इटहरी–धरान सडकखण्डस्थित चारकोसे झाडीमा गत साउन ५ गते गोली प्रहार गरी हत्या घटनामा संलग्न थप एकजनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीलाई लुटेरा समूहले गोली हानी हत्या गरेको थियो ।
घटनामा संलग्नमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान ४ का २७ वर्षीय युनेश राई रहेका छन् । राईलाई शनिबार (आज) धरानबाट पक्राउ गरेको हो । राईले गिरोहका सदस्यले प्रयोग गर्ने पेस्तोलको गोली राखिदिने गरेको प्रहरीले जनाएको छ । प्रहरीले राईको साथबाट ८ थान गोली पनि बरामद गरेको छ ।
रोहितको हत्या प्रकरणमा पक्राउ पर्ने प्रतिवादीको संख्या यससँगै ६ जना पुगेको छ । शुक्रबार रोहितको हत्या गर्न पेस्तोल उपलब्ध गराउने अवैध हतियार कारोबारी र खुकुरी देखाएर लुटपाट गर्ने थप तीनजना पक्राउ परेका थिए । यसअघि गिरोहका मुख्य नाइकेसहित दुई जना पक्राउ परिसकेका छन् ।
यसअघि धरान ८ घर भई हाल इटहरी ४ मा कोठाभाडामा बस्दै आएका २९ वर्षीय सुजन तामाङ, झापाको भद्रपुर नगरपालिका १ घर भई धरान ८ बस्ने ३० वर्षीय प्रकाश लिम्बू, विराटनगर महानगरपालिका १५ का ४१ वर्षीय अजय कुमार शर्मा, मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भनिने दीपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरिएको छ ।
साउन ५ गते बेलुका ५ः३० बजेतिर इटहरी–धरान सडकखण्डस्थित सेउती पुल नजिकको जङ्गलमा रोहित चौधरी र उनीसँगै रहेकी युवतीलाई लुटपाट गरेका थिए । लुटपाट गर्ने क्रममा रोहितले प्रतिकार गरेपछि लुटेरा समूहले उनलाई गोली हानेर हत्या गरेका थिए ।
यो पनि – इटहरी–धरान सडक खण्डमा हत्या प्रकरण : इटहरी बस्ने युवक पनि पक्राउ
यो पनि – इटहरी–धरान सडक खण्डमा हत्या प्रकरण : थप दुईजना पक्राउ
यो पनि – इटहरी–धरान सडक खण्डमा हत्या प्रकरण : लुटपाट गर्न खोज्दा प्रतिकार गरेपछि गोली हानी हत्या













Discussion about this post