विराटनगर : विराटनगरको ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवासलाई प्रहरीले पक्राउ गरेको छ । नवजात शिशु बिक्री गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
नवजात शिशु बिक्री गरेको घटनामा संलग्न भएको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शिशुको बिक्री ग्रिनक्रस हस्पिटलबाट भएको र हस्पिटलबाट संस्थागत त्रुटि भएको अनुसन्धानबाट खुलेपछि सञ्चालक खवासलाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका खवासलाई मोरङ अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
यससँगै नवजात शिशु बिक्री प्रकरणमा पक्राउ पर्नेको संख्या सात जना पुगेको छ ।
प्रहरीले यसअघि नै सोही अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल डा. कर्ण र शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका ४ का गोविन्द राई, ग्रिनक्रस अस्पतालकी सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका २ की दिलमाया राजवंशी, सूर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की नर्स निर्मला यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।
अविवाहित जोडीबाट जन्म भएको नवजात शिशु डा. तपेश्वर लाल कर्णले पाँच लाख लिएको र उपचार बापत २ लाख रुपैयाँ आफूले तिरेको राजवंशीले बताएकी थिइन् । ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले गत असार १४ गते दिउँसो डिस्चार्ज दिएको थियो ।
अस्पतालले डिस्चार्ज दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन् ।
यो पनि – हस्पिटलबाटै बच्चा गायब प्रकरण : ६ जना पक्राउ, ७ लाख तिरेर शिशु किनेको बयान
यो पनि – हस्पिटलबाटै बच्चा गायब प्रकरण : डाक्टरकै संलग्नतामा शिशु बिक्री भएको खुलासा
यो पनि – हस्पिटलबाटै बच्चा गायब प्रकरण : डाक्टर र बाबुविरुद्ध पाँच दिनको म्याद थप
यो पनि – विराटनगरमा अविवाहित युवतीबाट जन्मिएको बच्चा गायब बनाइएपछि…














Discussion about this post