Wednesday, September 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

ताप्लेजुङ : किसानले घर भित्र्याउन थाले अलैँची

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १८, २०८०
in समाचार
0
ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान
149
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : ताप्लेजुङका किसानले अलैँची भित्र्याउन थालेका छन् । बेँसीदेखि लेकाली क्षेत्रका किसानले लगाएको अलैँची टिपाइ गरेर घर भित्र्याउन थालेका हुन् ।

कालोसुनको उपनाम पाएको अलैँची ताप्लेजुङमा टिपाइ सुरु भएको छ । फक्ताङलुङ गाउँपालिका–६ का विर्ख लिम्बू लामो समयपछि अलैँचीको मूल्यमा सुधार आएसँगै उत्साहित छन् । उनको अलैँची बगान घरदेखि निकै टाढा पर्छ, त्यसैले केही समयसम्मलाई पुग्ने रासनपानी लिएर अलैँची टिप्न घरबाट निस्केका हुन् ।

अलैँची बगानमा टिप्ने, छराउने र सुकाउने काम सकाएर मात्र लिम्बू घर फर्किने योजनाका साथ अलैँची बगानमा बसेका हुन् । उनले भने, “आजदेखि बेँसीमा भएको बगानमा अलैँची टिप्न सुरु गरेको छु । अहिले सबैको टिपाइ सुरु भएको छ खेताला पाइँदैन ।”

अहिले सबै किसानलाई अलैँची टिप्न भ्याइनभ्यइ छ । खेताला पाउन निकै मुस्किल छ । त्यसैले लिम्बू दसैँ तिहार पनि अलैँची बगानमै मनाउने सोचमा पुगेको उनले बताए । गत वर्ष लिम्बूले १६ मन (४० केजीको एक मन) जम्मा गरेका थिए । उनले भने, “अहिले अलैँचीको राम्रो बजार मूल्य आएको छ तर विगतको जस्तो फल छैन ।”

सोही गाउँका सुरेश फेम्बू पनि घर छोडेर अलैँची बगानमै बस्न थालेका छन् । उनी साँझ बिहान अलैँची बगानमै व्यस्त छन् । फेम्बूलाई दुई वटा कुरामा चिन्ता छ । पहिलो पाकेको अलैँची समयमै टिप्न सकिएन भने विभिन्न जनवारले खाइन्छ । त्यसैले अलैँची टिप्नका व्यस्तता बढाएको छ भने, अर्को अहिले अलैँचीको बजार मूल्यमा घट्ने पो हो कि भन्ने चिन्ताले गर्दा समेत फेम्बूलाई बगानमै बसेर छिट्टै टिप्न सकाउने योजनामा लागेका छन् ।

मेरिङदेन गाउँपालिका–५ नाल्बुका विमना लिम्बूले केही समय अगाडि आफ्नो परिवारको लागि मात्र खाना बनाउथिन् तर अहिले अलैँची टिपाइ सुरु भएसँगै खेतलाको लागि उनी बिहान खाजा बनाउ र खाना बनाउनमा व्यस्तता बढेको छ । छरछिमेकमा खेतला नपाइने भएकाले लिम्बूले अलैँची बगानमा धेरै टाढाबाट अलैँची टिप्ने मजदुर बोलाएकी छन् ।

अलैँची टिप्ने खेतलालाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैँची टिप्ने जाने गर्दछन् । बिहानको १० बजे खानखान समय हुन्छ । आँखा देखुञ्जेलसम्म बेलुका अलैँची बगानमै टिप्ने गर्दछन् । साँझ बिहान बगानमै बसेर अलैँची टिप्ने मजदुरलाई रु पाँच सयदेखि छ सय ५० ज्याला दिनुपर्दछ । लिम्बू बिहानदेखि बेलुकासम्म खेतालाको खाना खाजा बनाउनमा व्यस्तता बढेको हो ।

उनले भनिन्, “अहिले अलैँची टिपाइ सुरु भएको कात्तिक अन्तिमसम्म यस्तै व्यस्तता हुनेछ ।” सिरिजङ्गा गाउँपालिका–६ मा मांखेका हर्क माबो कसरी आफ्नो अलैँची बगान छिटोभन्दा छिटो टिप्न सकाउने भन्ने योजनामा छन् । ढिलो टिपाइ भयो भने अहिलेको बजार मूल्य घट्ने हो कि भन्न चिन्ता लागिरहेको छ । त्यसैले झरी बाँदल नभनी उनी बगानै अलैँची टिप्नमा व्यस्त छन् ।

यी त केही प्रतिनिधि पात्र हुन् । अहिले ताप्लेजुङका किसान घरमा भेटिन मुस्किल भएको छ । पल्लो डाँडा ओल्लो डाँडामा रहेको अलैँची बगानमा हो हल्ला, गीत गाउँदै अलैँची बगानमा अलैँची टिप्नदै गरेको भेट्न सकिन्छ । घर नजिकै बगान हुने साँझमा घर फर्किन्छन्, भने घरदेखि धेरै टाढा बगान हुने साँझमा घर फर्किँदिनन् । उतै बगानमा पाल टाङ्गेर बस्ने गर्दछन् । दिन भर टिपेको अलैँचीको बेलुका ढुङ्गाबाट दाना छोडाउनुपर्दछ ।

अलैँची थन्क्याउने मौसम भएकाले अहिले किसान टिप्न, छोडाउन र सुकाउन व्यस्त बनेका छन् । कामको सिलसिलामा जिल्ला बाहिर रहेका तथा सहर पसेका किसान अलैँची पाक्न थालेपछि गाउँ फर्किएका छन् । हिजोआज गाउँमै रहेका र बाहिरबाट फर्किएका किसान अलैँची टिप्नमा व्यस्त बनेका हुन् ।

किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार दुई सय मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ पहिलो सातादेखि नै टिप्ने गरिन्छ । यस्तै, एक हजार दुई सयदेखि एक हजार आठ सयसम्मको उचाइमा गरिएको अलैँची खेतीमा असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ । एक हजार आठ सयदेखिमाथि लेक क्षेत्रमा कात्तिकदेखि अलैँची टिप्ने गरिएको किसानको भनाइ छ ।

ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टन अलैँची उत्पादन हुनेगरेको तथ्याङ्क रहेको छ । यस वर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् । आज ताप्लेजुङमा प्रतिमन (४० केजी)को पाँच हजार चार सयदेखि रु ५५ हजारमा खरिद बिक्री भइरहेको अलैँची व्यावसायी दिनेश अधिकारीले बताए ।

Tags: #ताप्लेजुङ#राससअलैँची
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

खोटाङ : बाँदर खेद्न जङ्गल पुगेका दुई दाजुभाइमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी...

‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो
FEATURE BREAKING

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

इटहरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अनटेस्ट सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।...

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३
‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३
बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    936 shares
    Share 374 Tweet 234
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    753 shares
    Share 301 Tweet 188
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    271 shares
    Share 108 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.