इटहरी २० तरहराकी कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
१७ असारमा तरहरास्थित अभियान नेपाल नजिकैकी २० बर्षीया युवतीमा कोरोना भाइरस संक्रमण देखिएको थियो ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।
उनका अनुसार अहिले धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती युवतीको उपचार भईरहेको छ । उनी भारतबाट आएकी थिईन् । १२ असारमा उनको स्वाब परीक्षण गरिएको थियो ।
ती युवतीमा कोरोना देखिएपछि परिवारलाई क्वारेन्टिनमा राखिएको छ ।
उनीहरुको स्वाब परीक्षण गरिएपनि रिपोर्ट आउँन बाँकी रहेको छ ।
यो पनि – तरहराकी एक महिलामा कोरोना देखियो
यो पनि – कहाँ–कहाँ गएकी थिईन् तरहराकी संक्रमित रु यस्तो छ इटहरी प्रशासनको निर्णय
















Discussion about this post