Wednesday, June 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

राष्ट्रपति पौडेललाई मुख्यमन्त्रीको आग्रह : ‘प्रदेश सरकारलाई काम गर्न दिन संविधान कार्यान्वयन होस्’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ७, २०८०
in समाचार
0
राष्ट्रपति पौडेललाई मुख्यमन्त्रीको आग्रह : ‘प्रदेश सरकारलाई काम गर्न दिन संविधान कार्यान्वयन होस्’
81
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखीदिन आग्रह गरेका छन् ।

नेपाल उद्योग परीसंघ कोसीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान तथा राष्ट्रपति पौडेललाई अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार नदिए संसद र सरकारबाट अधिकार प्राप्तिका लागि समन्वय र संघर्ष गर्ने बताए ।

उनले उद्योगी व्यवसायीलाई छुट्टै रूपमा हेर्ने प्रवृतिमा परिवर्तन ल्याएमात्रै उद्योगी व्यवसायीको संरक्षण, अर्थतन्त्रमा योगदान र देश समृद्ध हुने बताएका छन् । उनले उद्योगी व्यवसायी छुट्टै नभई राज्यको नै अंगभएको स्वीकारेर त्यहीअनुसार राज्यले व्यवहार गर्नु अपरिहार्य रहेको बताएका ।

‘उद्योग, व्यवसाय क्षेत्रको संरक्षण र देशको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गरेर मानवीय विकासमा प्रदेश सरकार लागिसकेको छ,’ उनले भने, ‘नेपाली जनताको आवश्यक्ता र अपरिहार्यता राष्ट्रपति ज्यूले बुझ्नुभएको छ । त्यसैले जनताको रगतले लेखिएको संविधानको सफल कार्यान्वयनमा चासो राखिदिनुहोस् ।’

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै आँच आउन नदिनुका साथै आफूलाई तागत रहुञ्जेल संविधानले दिएको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने बताए । उनले संविधानको रक्षा र सफल कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने बताएका हुन् ।

‘कोसी प्रदेश उद्योग व्यवसायको धरोहर भएकोले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उद्योगी व्यवसायीको भूमिका अपरिहार्य रहेको छ,’ उनले भने, ‘देशको उत्पादननिर्यात र आयात प्रतिस्थापन गर्न सकेका छैनौं, यस्तो अवस्थामा विदेशी मुद्राको संचिति मजबुत हुनु आवश्यक छ ।’

मुलुकमा सम्मानजनक रोजगारी नहुँदा र युवा शक्ति विदेश पलायन भइरहेकोप्रति राष्ट्रपति पौडेलले चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘वन, खनिज र कृषिमा आधारित उद्योगको स्थापना गरि रोजगारी सृजना गरौं । यसको नेतृत्व उद्योगी व्यवसायीले नै लिनुपर्छ ।’

विराटनगरका उद्योगी, व्यवसायीलगायतले राष्ट्रपति पौडेललाई अभिनन्दन समेत गरेका छन् । कार्यक्रममा राष्ट्रपति पौडेलले २१ जना स्वतन्त्रता सेनानी, सबैभन्दा बढी निर्यात गर्ने उद्योगी र विराटनगरका पत्रकारद्वय अनन्त न्यौपाने र शंकर खरेललाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरी सम्मानसमेत गरेका थिए ।

Tags: केदार कार्कीकोसी प्रदेशरामचन्द्र पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइहरूले अदालत तथा प्रशासन कार्यालयका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत विभिन्न...

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’
विविध

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

विराटनगर : कोशी प्रदेशमा पर्यटकको सुरक्षा, संरक्षण र सहजीकरणलाई प्रभावकारी बनाउन सातदिने ‘पर्यटक प्रहरी अनुशिक्षण’ तालिम सुरु गरिएको छ। प्रदेश...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

असार २, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

ओभरटेक गर्दा दुई मोटरसाइकल ठोक्किए, धनकुटामा एकको मृत्यु

असार २, २०८३
गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

असार २, २०८३
झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

असार २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

असार २, २०८३
कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

असार २, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

असार २, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

ओभरटेक गर्दा दुई मोटरसाइकल ठोक्किए, धनकुटामा एकको मृत्यु

असार २, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.