इटहरी : माइती नेपाल तथा पुर्नस्थापना गृह इटहरीको आयोजना तथा प्रोफिलाको सहयोगमा मानव वेचविखनविरुद्वको जोखिममा रहेका तथा प्रभावितहरूलाई जीवन उपयोगी सीप विकास कार्यक्रम अन्तर्गत माइती नेपाल सुनसरीबाट सिलाईकटाई तालिम लिएकाहरूलाई सिलाई मेसिन हस्तान्तरण गरिएको छ ।
माइती नेपाल सुनसरीले ६ महिने सीप विकास कार्यक्रम अन्तर्गत सिलाईकटाई तालिममा सहभागिता जनाएका ५ जनालाई कपडा सिलाउने मेसिन हस्तान्तरण गरेको हो ।
मानव वेचविखनको जोखिममा परेकाहरूलाई तालिम प्रदान गरी आत्मनिर्भर बनाउने कार्यक्रमहरू सञ्चालन गर्दै आएको माइती नेपालले सिलाई कटाई तालिमसँगै ब्यूटीपार्लर, एड्भान्स सम्बन्धी तालिम दिएर मेसिनसमेत उपलब्ध गराउँदै आएको छ । तालिममा १६ जना सहभागी थिए ।
जसमध्ये सिलाई कटाई तालिममा सातजना, ब्यूटीपार्लर तलिममा पाँचजना र एड्भान्स तालिम चारजनालाई दिएको हो । कार्यक्रममा तालिमकर्तालाई प्रमाण पत्रसमेत प्रदान गरियो ।
मेसिन हस्तान्तरण गर्दै इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले तालिममा सिकेका कुराहरूलाई व्यवसायिक रूपमा प्रयोगमा ल्याएर आत्मनिर्भर हुन प्रेरित गरे ।
तालिमपछि व्यवसाय सञ्चालनका लागि मेसिन उपलव्ध भएपछि तालिम लिनेहरूसमेत उत्साहित बनेका छन् । माइती नेपाल पुनःस्थापना तथा परार्मश केन्द्र कोसी प्रदेशका अधिकृत गोविन्द घिमिरेको अध्यक्षता रहेको थियो ।
Discussion about this post