Tuesday, September 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा रैथाने बाली प्रवर्धन गर्न मेसिन वितरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २६, २०८०
in समाचार
0
सुनसरीमा रैथाने बाली प्रवर्धन गर्न मेसिन वितरण
83
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : जिल्लामा रैथाने बाली हराउँदै गएपछि कृषि ज्ञान केन्द्र सुनसरीले रैथाने बाली प्रवर्धन कार्यक्रम सुरु गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको वराहक्षेत्र नगरपालिका–१, चियाबारीमा रैथाने बाली प्रवर्धन कार्यक्रम सुरु गरेको हो ।

कृषि ज्ञान केन्द्र्र सुनसरीको आर्थिक वर्ष २०८० र ८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार वराहक्षेत्र १ मा रहेको हाम्रो कुलुङ गाउँ कृषक समूहमार्फत रैथाने बाली प्रवर्धन कार्यक्रम थालिएको छ ।

रैथाने बाली हराउँदै गएपछि बालीको संरक्षणमा सहयोग पु(याउन कृषक समूहलाई अनुदान कार्यक्रम अगाडि सारिएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउनुभयो ।

सूचना अधिकृत श्रेष्ठका अनुसार कृषक समूहमार्फत सञ्चालन हुने गरी कोदो बाली तथा अन्य रैथाने बालीका लागि जमिन तयारी गर्न प्रयोग हुने मिनी टिलर दुई थान, रोग किरा नियन्त्रण गर्न सात थान स्प्रे ट्याङ्की, मल्टी क्रप थ्रेसर एक थान, मिनी कम्बाइन मिल एक थान, प्याकेजिङ प्लास्टिक ब्याग दुई केजी क्षमताको सामग्री ज्ञान केन्द्र सुनसरीको ७५ प्रतिशत र कृषक समूहको २५ प्रतिशत लागत सहभागितामा प्रवर्धन कार्यक्रम सुरु गरिएको छ ।

कृषक समूहले उत्पादन गरेको कोदोबाट पिठो तयार गरी ब्रान्डिङ गरी बिक्रीवितरण सुरु गरिने हाम्रो कुलुङ् गाउँ कृषक समूहका सचिव तपेन्द्र राईले जानकारी दिनुभयो ।

वराहक्षेत्रको वडा नम्बर १ मा कृषकले पाँच बिघाभन्दा बढी क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ । कोदो खेतीका लागि उर्वर भूमि मानिने वडा नम्बर १ को चियाबारी, धापा गाउँ, डाडागाउँ क्षेत्रमा बढी मात्रामा कोदो उत्पादन हुँदै आएको छ ।

रैथाने बाली प्रवर्धन कार्यक्रम सुरु भएपछि थोरै क्षेत्रफलमा कोदो लगाउँदै आएका किसानले समेत कोदो खेतीको विस्तार गर्न थालेको समूहका अध्यक्ष दीपक राईले बताउनुभयो । उत्पादित कोदो प्रतिकेजी ७० रुपियाँमा बिक्री हुँदै आएको छ ।

जिल्लामै व्यावसायिक रूपमा रैथाने बाली लगाउने कृषक नहुँदा कोशी प्रदेश अन्तर्गतको बजेटमा रैथाने बाली संरक्षण कार्यक्रम राखेर बालीको प्रवर्धनामा कृषि ज्ञान केन्द्र सुनसरी लागेको छ ।

झुपडीदेखि नाम चलेका होटलसम्म रैथाने बालीको परिकार खाने पारखी बढ्दै गए पनि उन्नत जातको बिउबिजनसँगै रैथाने बाली लोप हुँदै गएका छन् ।

रोग, किरा, सुक्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता रैथाने बालीमा हुने भएकाले यो बालीलाई प्रवर्धन गर्नुपर्ने विज्ञहरू बताउँछन् ।

सुनसरीमा पछिल्लो समय रैथाने बाली कोदो, फापर, छिर्केमिर्के सिमी, मिठे र तितेफापर, लोकल मकै, जौ, लट्टे जस्ता बालीको संरक्षण गर्न थालिएको छ । जिल्ला कृषि ज्ञान केन्द्रले उत्पादन गर्न कृषकलाई यसै आर्थिक वर्षदेखि अनुदानका कार्यक्रम सुरु गरिएको सूचना अधिकृत श्रेष्ठले जानकारी दिनु भयो ।

 

Tags: मेसिनवितरणसंरक्षण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बेलकाका पहिरो पीडितलाई राहत
FEATURE BREAKING

बेलकाका पहिरो पीडितलाई राहत

by माधव पोख्रेल
भदौ ३०, २०८३
0

उदयपुर । अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट प्रभावित उदयपुरको बेलका नगरपालिका–८ आहालेका विपद् पीडित परिवारलाई अस्थायी आवाससहित राहत सामग्री...

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता
FEATURE BREAKING

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

by माधव पोख्रेल
भदौ ३०, २०८३
0

उदयपुर । डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख भुवन पौडेलविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा...

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    922 shares
    Share 369 Tweet 231
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    751 shares
    Share 300 Tweet 188
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    271 shares
    Share 108 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.