इटहरी : केही दिनयता गर्मी अत्यधिक बढेपछि इटहरी उपमहानगरपालिकाले शिक्षण संस्थाहरू दुई दिनका लागि बिदा गर्ने निर्णय गरेको छ ।
गर्मीले जनजीवन नै अस्तव्यस्त हुन थालेपछि बिदा दिइएको हो ।
बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै उपमहानगरपालिकाले बिहीबार र शुक्रबार सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गर्ने निर्णय गरेको हो ।
अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको भन्दै बिदा दिएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।














Discussion about this post