Tuesday, June 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी आएर गगन थापाले भने – ‘कांग्रेस प्रतिपक्षमै बस्थ्यो, प्रचण्डले धेरै चकचक नगर्नुभएको भए’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २०, २०८१
in समाचार
0
इटहरी आएर गगन थापाले भने – ‘कांग्रेस प्रतिपक्षमै बस्थ्यो, प्रचण्डले धेरै चकचक नगर्नुभएको भए’
132
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अस्थिर चरित्रका कारण कांग्रेस र एमाले मिल्नुपर्ने अवस्था आएको बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस इटहरीको नगर सम्मेलनमा मन्तव्य राख्दै महामन्त्री थापाले वर्तमान प्रधानमन्त्रीसमेत रहेका माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको अस्थिर चरित्र र उपद्रोका कारण कांग्रेस र एमाले मिल्नुपर्ने अवस्था आएको बताएका हुन् ।

‘अर्थतन्त्रको बेहाल भएको अवस्थामा बजारले विश्वास गुमाएको छ । यो बेलामा कांग्रेस र एमाले एक हुनुपरेको हो,’ उनले थपे, ‘यो संवाद प्रतिपक्षमै बसेर पनि हुन्थ्यो होला, तर प्रचण्डले धेरै चकचक नगर्नुभएको भए ।’

उनले संवैधानिक व्यवस्थालाई जोगाउनका निम्ति, पुनरावलोकन गर्नका निम्ति, एमालेसँग मिलेर सरकार गठन गर्नुपरेको अवस्था थियो । उनले भने, ‘मेरो चाहना २०८४ सालसम्म कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ भन्ने थियो । तर, अनुमानले इच्छालाई जितेकोजस्तो भयो ।’

उनले प्रचण्ड चकचक गर्ने, उपद्रो गर्ने र अस्थिर चरित्र भएको संज्ञा दिए । थापाले भने, ‘प्रचण्डको उपद्रोबाट देउवा र ओली झुकिसक्नु भएको थियो, कोही झुक्न बाँकी थिएन । चकचक यति धेरै भइसकेको थियो कि उहाँले सम्हाल्न सक्ने अवस्था थिएन ।’

उनले गृहमन्त्रीसमेत रहेका रवि लामिछानेलाई फाइल खोल्नसमेत चुनौती दिए । ‘साथी अझै मन्त्रालयमा हुनुहुन्छ, अझै दुईचारदिन बस्नुहुन्छ । जति फाइल खोल्नु छ खोले हुन्छ, जजसको खोल्नु छ खोले हुन्छ,’ उनले भने, ‘अब बजारमा गएर हामीले त यो काण्ड

खोल्दैथियौँ भनेर भन्नुहुन्छ, जनतालाई झुक्याउने अवस्था बन्न सक्छ ।’ उनले अब कांग्रेसबाट सरकारमा सहभागी हुने कसैलाई पनि गल्ती गर्ने छुट नहुनेसमेत बताए ।

पटकपटक मन्त्री भएका मान्छेले यो पटक विश्राम लिनुपर्ने र अब मन्त्री हुनेहरू जोस पनि भएको, होस पनि भएको र परणाम दिनसक्ने भोक भएको मान्छेलाई लैजान आवश्यक रहेको उनको भनाइ छ ।

उनले कांग्रेस र एमालेको गठबन्धनले सरकार गठन भएसँगै संविधान संशोधन हुने र संविधान संशोधनका निम्ति माओबादीसहित अरु दलको पनि आवश्यकता पर्ने बताए ।

यसैगरी केन्द्रीय सरकारमा २५ जना मन्त्री रहने व्यवस्था रहेको तर अब भने १० जना मात्रै मन्त्री बनाउनुपर्ने अवस्थासमेत आएको उनले बताए ।

थापाले भने, ‘देशको खर्च घटाउन प्रदेश खारेज गरिदिउँ भनेर सहजै भनिन्छ । प्रदेशको कारण महंगो भयो भन्छौँ, कसैले पनि हिसाब पल्टाएर हेरेका छैनौँ । तर, प्रदेशमा पाँचभन्दा बढी मन्त्री बनाउन पाइदैँन, संघमा १० भन्दा बढी मन्त्री बनाउन पाइदैँन । यत्रो धेरै वडाध्यक्ष र वडासदस्य चाहिदैँन भनेर संविधान संशोधन गर्नुपर्छजस्तो लाग्छ ।’

कांग्रेसको विधानतः दुईपटकभन्दा बढी सभापति बन्न नपाइने लेखिएको र अब संविधानमा पनि दुईपटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने लेखिनुपर्ने थापाले बताए ।

उनले निर्वाचित सांसद मन्त्री बन्न नसक्ने पनि बताउनुपर्ने बताए । उनले कांग्रेस इटहरीका सभापति तथा मेयर हेमकर्ण पौडेललाई नगरबासीसँगको सम्बन्ध सुमधुर बनाउनसमेत सुझाव दिए ।

भने, ‘पार्टीका साथी र निर्वाचित भएको व्यक्तिको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ । निर्वाचित भएको जो सुकै होस्, हाम्रो तागत भनेको पार्टीकै साथीहरू हुन् ।’

Tags: #कांग्रेस#नेपाली कांग्रेसगगन थापा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन
FEATURE BREAKING

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

by टाकुरा न्यूज । इटहरी
असार ८, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–३ त्रिवेणी चोकस्थित बस्तीभित्र स्थानीयको विरोधका बाबजुद बालुवा प्रशोधन केन्द्र स्थापना प्रक्रिया अघि बढाइएको पाइएको छ ।...

छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता
विविध

छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता

by रासस
असार ८, २०८३
0

झापा : मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी जङ्गलको छेउका बासिन्दामा हात्तीको बथान र बाँदरको फौजले बाली सखाप पार्ला भन्ने चिन्ता सधैँ...

गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

असार ८, २०८३
विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

असार ८, २०८३
हात्ती प्रभावित क्षेत्र झापामा सुपारी खेती बन्यो किसानको भरोसाको आधार

हात्ती प्रभावित क्षेत्र झापामा सुपारी खेती बन्यो किसानको भरोसाको आधार

असार ८, २०८३
बाढीपहिरोका कारण कोशी प्रदेशका ५ जिल्लाका सडक अवरुद्ध, केहीमा वैकल्पिक मार्ग सञ्चालन

अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभामा तीन परिवार विस्थापित

असार ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

असार ८, २०८३
छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता

छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता

असार ८, २०८३
गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

असार ८, २०८३
विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

असार ८, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.