झापा : झापामा डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
हल्दीबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बीएन्डसी अस्पताल, बिर्तामोडमा शुक्रबार दिउँसो मृत्यु भएको हो।
ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि उनलाई बीएन्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
दाहाल विगत १३ वर्षदेखि उक्त विद्यालयमा शिक्षण पेशा गर्दै आइरहेकी थिइन्।














Discussion about this post