Monday, June 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलद्वारा वृक्षारोपण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ५, २०८१
in समाचार
0
रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलद्वारा वृक्षारोपण
95
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले ‘रोपाइँ जात्रा’ कार्यक्रमअन्तर्गत वृक्षारोपण आयोजना गरेको छ ।

क्लबले विराटनगरमा ‘रोपाइँ जात्रा’ शीर्षकमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, आदर्श माविको व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन चोकदेखि कोशी अस्पतालसम्मको सडकका दुवै किनारमा बिरूवासहित १ सय ५० थान गमला राखिएको कार्यक्रम संयोजक आश्रेय कोइरालाले जानकारी दिए । गमलामा रोपेका विरुवाको स्थानीय व्यापारीले संरक्षण गर्ने जनाइएको छ । उनीहरूले आफ्नो पसल अगाडिको बिरूवामा पानी लगाएर रेखदेख गर्ने कोइरालाले बताए ।

सो कार्यक्रम रोट्रयाक्ट क्लब र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले संयुक्त रूपमा आयोजना गरेका हुन् । विराटनगरलाई हरियाली र सुन्दर बनाउने उद्देश्यसहित वृक्षारोपण गरिएको रोटरी क्लब अफ विराटनगर सेन्ट्रलका प्रेसिडेन्ट जीना थापाले जानकारी दिइन् ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रमुख जिल्ला अधिकारी भट्टराईले वनजंगलको विनाश र विकसित मुलुकहरूबाट हुने हानीकारक कार्बन उत्र्सजनले सिंगो मानव समुदायको अस्तित्व खतरामा परेको बताए ।

‘यस्तो प्रतिकूल अवस्थालाई परिर्वतन गर्न वृक्षारोपण र तीनको संरक्षण आवश्यक छ,’ उनले थपे, ‘एकजना मानिसलाई आवश्यक अक्सिजनका निम्ति १२ वटा विरुवाको आवश्यकता पर्ने विभिन्न अध्ययनले देखाएको छ ।’ उनले घरघरका साथै नगरक्षेत्रभरि वृक्षारोपणका गर्न आह्वानसमेत गरे ।

रोटरी क्लब अफ विराटनगर सेन्ट्रल र रोट्रयाक्ट क्लब मिलेर विराटनगरमा अन्य सामाजिक कार्यलाई निरन्तरता दिइने रोटरी क्लबकी इलेक्ट प्रेसिडेन्ट सुजु प्याकुरेल कोइरालाले प्रतिबद्धता जनाइन् । सो अवसरमा आदर्श माविका विद्यार्थीहरूले समेत वृक्षारोपणमा साथ दिएका थिए ।

विराटनगरमा पछिल्लो समय वृक्षारोपणको अभियान तीव्र रुपमा सञ्चालन भइरहेको छ । स्थानीयवासीसमेत वृक्षारोपणमा स्वतस्फुर्त सहभागी भएको देखिन्छ ।

आफ्नो पसल र घर अगाडिका विरुवामा पानी र मल लगाएर संरक्षण गर्ने गर्न विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आग्रहसमेत गरे ।

‘विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउने भनेको यहीका नागरिकले हो,’ उनले भने, ‘त्यसो भएकाले जुनसुकै संस्था र व्यक्तिले रोपे पनि आफ्नो घर र पसल अगाडिका विरुवाको संरक्षण स्थानीयले नै गर्नुपर्छ ।’

Tags: #रोट्रयाक्ट#विराटनगर#वृक्षारोपणरोट्याक्ट्र क्लब
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक
FEATURE BREAKING

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

मोरङ : मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना र कानुनी अनियमितताको अनुसन्धान सुरु भएपछि पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत काँकडभिट्टा–लौकही सडकखण्डको निर्माण...

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद
समाचार

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटनाग्रस्त भारतीय नम्बरको स्कारपियोबाट एक सय चार किलोभन्दा बढी गाँजा...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

ताप्लेजुङमा अलैँची महोत्सवको तयारी

असार १, २०८३
झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

असार १, २०८३
मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

असार १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

असार १, २०८३
सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

असार १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

ताप्लेजुङमा अलैँची महोत्सवको तयारी

असार १, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.