मोरङ : मोरङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
आइतबार (आज)दिउँसो खेलिरहेको अवस्थामा चट्याङ पर्दा सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका घटनामा ८ वर्षीया नजारा खातुन घाइते भएकी छन् ।
चट्याङ लागेर घाइते बालिकाको अवस्था भने सामान्य छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post