टाकुरा न्युज
Friday, June 20, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध

विराटनगरको सडक सौन्दर्यकरणका लागि नविल बैंकको सहयोग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : मंसिर १८, २०८१
0
विराटनगरको सडक सौन्दर्यकरणका लागि नविल बैंकको सहयोग
64
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

सो परियोजनाका लागि नविल बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ ।

बैंकले महानगरका मेयर नागेश कोइरालालाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठ, विराटनगर शाखाका प्रमुख समीर श्रेष्ठ, विराटनगर शाखाकै डीआरएम सृष्टि ओझाले मेयर कोइरालालाई चेक हस्तान्तरण गरेको हो ।

हालसम्म २४ लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ । यसअघि १३ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट २२ लाख ५० रुपैयाँ जम्मा भइसकेको थियो ।

सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए ।

महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ ।

बरगाछीदेखि रोडशेष चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिरहेका पुनमकुमार दाहालले जानकारी दिए ।

बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३३ वटामा सौन्दर्यकरणको काम सकिएको छ ।

मेयर कोइरालाले बैंकहरूको सहयोगकै कारण बरगाछीदेखि रोडशेष चोकसम्मको सौन्दर्यकरण भइसकेको जानकारी दिए ।

नविल बैंकको कोशी प्रदेशमा ४० वटा शाखा छन् । जसमध्ये ५ वटा विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित छन् । प्रदेश प्रमुख श्रेष्ठले आगामी दिनमा पनि महानगरको अभियानमा बैंकको साथ रहने प्रतिबद्धता जनाए ।

मेयर कोइरालाले विराटनगरको विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आएका छन् ।

५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेका छन् ।

एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यकरण गरिसकेको छ । महानगरले गठन गरेको आर्थिक संकलन समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो ।

प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याइएको छ ।

परियोजनालाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा महानगरले गठन गरेको समितिले सौन्दर्यकरण कार्यलाई मूर्त रूप दिइरहेको छ ।

Tags: #विराटनगर#सहयोगविराटनगर महानगरपालिका

Related Posts

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 
FEATURE BREAKING

काेशी प्रदेशसभामा बजेटमाथिको छलफल समाप्त, सरकार स्रोत र खर्चमा विश्वस्त

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ५, २०८२
0

विराटनगर : काेशी प्रदेशसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८२।८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल समाप्त भएको छ। छलफलमा...

स्काउट दिवसको अवसरमा राष्ट्रिय माविमा रक्तदान, ५३ जनाको सहभागिता
विविध

स्काउट दिवसको अवसरमा राष्ट्रिय माविमा रक्तदान, ५३ जनाको सहभागिता

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ५, २०८२
0

इटहरी : नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा इटहरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा...

निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापाका ५२५ जना हात्ती पीडित राहतका पर्खाइमा

प्रकाशित मिति : असार ५, २०८२
भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

प्रकाशित मिति : असार ५, २०८२
धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुँदै

धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुँदै

प्रकाशित मिति : असार ४, २०८२
विराटनगरमा टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा सकुशल

विराटनगरमा टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा सकुशल

प्रकाशित मिति : असार ४, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 

काेशी प्रदेशसभामा बजेटमाथिको छलफल समाप्त, सरकार स्रोत र खर्चमा विश्वस्त

प्रकाशित मिति : असार ५, २०८२
स्काउट दिवसको अवसरमा राष्ट्रिय माविमा रक्तदान, ५३ जनाको सहभागिता

स्काउट दिवसको अवसरमा राष्ट्रिय माविमा रक्तदान, ५३ जनाको सहभागिता

प्रकाशित मिति : असार ५, २०८२
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापाका ५२५ जना हात्ती पीडित राहतका पर्खाइमा

प्रकाशित मिति : असार ५, २०८२
भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

प्रकाशित मिति : असार ५, २०८२



लाेकप्रिय

  • एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    3898 shares
    Share 1559 Tweet 975
  • सुनसरीमा तीनजना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    1098 shares
    Share 439 Tweet 275
  • सङ्खुवासभामा शंकास्पद मृत्यु: आमा र ७२ दिने शिशुको एकै साथ अन्त्य

    1010 shares
    Share 404 Tweet 253
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    895 shares
    Share 358 Tweet 224
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    739 shares
    Share 296 Tweet 185
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana