इटहरी : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई तरहरा ब्याडमिन्टन क्लबले सम्मान गरेको छ ।
तरहरामा शुक्रबार मन्त्री भण्डारीलाई सम्मान गरेको हो । ब्याडमिन्टन खेलाडीसमेत रहेका मन्त्री भण्डारीलाई स्वागत सम्मान गरेको ब्याडमिन्टन क्लबका अध्यक्ष मेमकुमार राईले बताए ।
सम्मान कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले शान्ति सुरक्षाको प्रत्याभुति गराएका थिए ।
आफू दैनिक ब्याडमिन्टन खेल्दै आएको बताउँदै मन्त्री भण्डारीले खेल क्षेत्रको विकासमासमेत ध्यान दिने बताए ।
कार्यक्रममा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले खेलले मानिसमा सकारात्मक उर्जा दिने बताए । तरहरा ब्याडमिन्टन क्लबमा दैनिक करिव ७० जना खेलाडीले खेल खेल्दै आएका छन् ।














Discussion about this post