इटहरी : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पत्रकारहरूले सन्तुलित र आलोचनात्मक चेतका समाचार लेख्नुपर्ने बताएका छन् ।
बुधबार नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालद्धारा आयोजित पत्रकार महासंघका सुनसरीमा निर्वाचित कार्यसमिति, प्रदेश र केन्द्रीय परिषद् सदस्यहरूलाई बधाई कार्यक्रममा सम्बोधन गर्दै मन्त्री भण्डारीले सन्तुलित र आलोचनात्मक समाचार लेख्नुपर्ने बताएका हुन् ।
‘मिडिया आलोचनात्मक हुनुपर्छ, मिडिया शक्तिशाली चिज हो,’ उनले भने, ‘नेपालमा कुप्रचार मात्रै धेरै छ । सरकारले सुशासनमैत्री र नागरिक बनाउनुपर्ने काम अझै धेरै काम गर्न बाँकी छ । तर, कुप्रचार भन्दा पनि सन्तुलित र आलोचनात्मक चेतका समाचार लेखिन आवश्यक छ ।’
देशकै ठूलो राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा सरकार बनेको र अहिले सरकारले संसद छलेर अध्यादेश ल्याएको विषयमा फरक तर्क गरे ।
लोकतन्त्रमा अध्यादेश नल्याएको राम्रो भए पनि संसदमा यो विषय लैजाँदा ६ महिना समय घर्किने बताउँदै अध्यादेश ल्याइएको उनले जिकिर गरे ।














Discussion about this post