इटहरी
सुनसरी दुहवी ६ की सम्झना खत्री परियारको गत माघ २४ गते विराटनगर १२ मा हत्या भयो ।
उनको प्रेमी २५ बर्षीय सुरेन्द्रप्रसाद शाहले हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । दुइ सन्तानकी आमा समेत रहेकी सम्झनाका श्रीमान इलाममा मजदुरी गर्दै आएका छन् ।
सम्झनाले शाहसँग विगत ३ वर्ष देखि सम्बन्धमा रहेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले बताए ।
आफुले फोन गर्दा नउठाएको भन्दै भेट्न बोलाएर रिसको झोँकमा बाँसले घाँटीमा हानेर हत्या गरेको शाहले स्वीकार गरेको अधिकारीको भनाई थियो ।
प्रहरीका अनुसार यौन सम्पर्क गर्न नपाएकोे भन्दै हत्या गरिएको हो । अन्य समयमा यौन सम्पर्क गर्ने गरेको र उक्त दिन भने फोन नउठेका कारण यौन सम्पर्क गर्न नपाएकोमा हत्या गरिएको प्रहरीको भनाई रहेको छ ।
मृतकका श्रीमान वसन्त परियारले श्रीमती हराएको भन्दै नमुवा प्रहरीमा उजुरी दिएका थिए । मृतकको मोवाइलको कल डिटेल्समार्फत प्रेमी नै दोषी रहेको प्रहरी निष्कर्शमा पुगेको थियो ।
कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम
विराटनगर : कोशी प्रदेशका पर्यटकीय क्षेत्रको सुरक्षा तथा पर्यटकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको सातदिने ‘पर्यटक प्रहरी...













Discussion about this post