इटहरी : तेह्रथुमको सोल्मा गाउँमा जन्मेर विभिन्न पेसा, व्यवसायमा लामो अनुभव हासिल गरेका ४३ जना व्यक्तिहरूको जीवनीको संगालो “हामी सोल्माली, हाम्रो जीवन यात्रा संङ्ग्रह’ नामक पुस्तकको विमोचन गरिएको छ ।
शनिबार अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर इटहरीमा एक कार्यक्रमको आयोजना गरी पुस्तकको विमोचन गरिएको हो ।
पुस्तकको प्रधान सम्पादक हरिनारायण खनाल र सम्पादक डा. सोम खनालले प्रकाशन गरेका हुन् । पुस्तकका सम्पादकहरूमा अम्बिकाप्रसाद खनाल, उमेश खनाल र शरद खनाल रहेका छन् ।
सोल्माबाट आएर हाल इटहरीमा बसोबास गर्ने ९४ वर्षीय जेष्ठ नागरिक उमानाथ खनाल तथा प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य राधाकृष्ण खनालले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए ।
सोल्मामै जन्मिएर हाल नेपाल पत्रकार महासंघ सुनसरीकी उपाध्यक्ष यसोदा सेने, सोल्माली व्यक्तित्वहरू विरेन्द्र खड्का, राजेन्द्र खनाल, लोकेन्द्र श्रीपाली, शान्तिराम खनाल, लिलानाथ खनाल र गंगाराम खनालले पुस्तकका विविध पक्षबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तथा कोशी प्रदेशसभा सदस्य खनालले सोल्मालीहरूले देश विदेशमा रहेर उल्लेख्य काम गर्दै आफ्नो व्यक्तित्व विकासका अलावा जन्मस्थान सोल्माको नाम तथा इज्जत वृद्दि गर्ने कार्यसमेत गरिरहेकोमा खुशी व्यक्त गरे ।
Discussion about this post