इटहरी : गायिका अञ्जु पन्त र गायक एवम् सङ्गीतकार दुर्गा पराजुलीको स्वरमा रेकर्ड भएको गीतको भिडिओ सार्वजनिक भएको छ ।
दीपेन्द्र अधिकारीको शब्द, रचना रहेको गीतमा गायक पराजुलीले नै सङ्गीत भरेका छन् ।
उच्च पहाडी परिवेश, चौंरी गोठाला जोडीको निश्चल प्रेम र कर्णप्रिय सङ्गीतको त्रिवेणीका रूपमा प्रस्तुत भएको गीतमा राजु कार्कीले सङ्गीत संयोजन गरेका छन् ।
भिडिओमा अभिनेता रमेशचन्द सोडारी र अभिनेत्री मिशेल घिमिरेलाई चौंरी गोठाला युवक र युवतीको भूमिकामा प्रस्तुत गरिएको छ । किशोर थापाले मिक्सिङ तथा मास्टरिङको काम गरेका छन् ।
निर्देशक वीरेन्द्र भाट ‘विपिन’ले कथाको माग अनुसार भिडिओलाई रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका अन्तर्गत पर्ने चौंरी चरन क्षेत्र, गत्लाङ र पार्वतीकुण्ड वरिपरिका मनमोहक स्थानमा दुई दिन लगाएर छायांकन गरेका छन् ।
भिडिओ
Discussion about this post