इटहरी : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इटहरी उपमहानगर कमिटीले इटहरी उपमहानगरपालिकाको १६औँ नगरसभा कार्य सञ्चालनप्रति आपत्ति जनाउँदै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।
नगर कमिटि अध्यक्ष राजकुमार आचार्य र सचिव रामकुमार नेम्वाङद्धारा जारी विज्ञप्तिमा उपमहानगरले दलीय भागबन्डाका आधारमा आर्थिक वर्ष ०८२।८३ को बजेट पारित गर्न नसकेकोमा आपत्ति जनाएको छ।
साथै, महालेखा परीक्षण प्रतिवेदनमा समेत इटहरीको बेरुजु अत्यधिक भएको भन्दै जनप्रतिनिधिको कार्यक्षमतामा प्रश्न उठाइएको छ ।
पार्टीले पाँचबुँदे निष्कर्ष सार्वजनिक गर्दै स्थानीय सरकार सञ्चालन ऐन र संविधानको मर्मअनुसार कार्य गर्न इटहरी सरकारलाई आग्रह गरेको छ।
नगरसभा बस्न नदिने कार्य गलत भएको, बजेट पारित गर्न अवरोध सिर्जना गरिएको, पूर्व सहमति विपरीत बिथोल्ने काम भएको र कर्मचारीमार्फत गलत नियतसहित बाहिर सूचनाहरू प्रवाह गरिएको दाबी गरिएको छ।
प्रेस विज्ञप्तिमा नगरसभा अवरुद्ध गरिँदा सेवाप्रवाह, बजेट कार्यान्वयन, विकास निर्माण, कार्यक्रम कार्यान्वयन लगायतका पक्ष प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण पनि गराइएको छ।
साथै, नगर प्रमुख हेमकर्ण पौडेलले सञ्चारकर्मीमाथि लगाएको आधारहीन आरोपको भत्र्सना गर्दै माओवादी केन्द्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको जनाएको छ ।















Discussion about this post