मोरङ : भदौ २४ गतेको जेन–जी आन्दोलनमा भएको आगजनी र तोडफोडले मोरङका विभिन्न सरकारी कार्यालय र सार्वजनिक संरचनामा ठूलो क्षति पुर्याएपछि जिल्ला प्रशासन कार्यालयले आकस्मिक खरिद प्रक्रियामार्फत पुनर्निर्माण सुरु गर्ने तयारी गरेको छ।
सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले क्षतिग्रस्त संरचनाको तत्काल पुनर्निर्माणका लागि आवश्यक सामग्री सूचीबद्ध गरी सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार खरिद अघि बढाउने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आन्दोलनका कारण अवरुद्ध भएका आयोजना र कार्यक्रमलाई निरन्तरता दिने, साथै क्षतिग्रस्त वारुण यन्त्र तत्काल मर्मत गरी प्रयोगमा ल्याउने प्राथमिकता राखिएको छ।
उनका अनुसार क्षतिको प्रारम्भिक मुचुल्का तयार भइसकेको छ भने पूर्ण विवरण संकलनको काम भइरहेको छ। सो विवरण क्षति मूल्यांकन समितिमा पेश गरी थप प्रक्रिया अघि बढाइनेछ।
Discussion about this post