ताप्लेजुङ : ताप्लेजुङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।
जिल्लाको मेरिङ्देन गाउँपालिका–२ का १३ वर्षीय पेम्बा साङ्बु शेर्पाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।
मृतक शेर्पालाई शरीरका विभिन्न भागमा करिब ४५ वटाभन्दा बढी अरिङ्गालले टोकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यस्तै, सोही ठाउँका १४ वर्षीय पेम्बा शेर्पा घाइते भएका छन् । गुलेलीले कालो अरिङ्गाललाई हानेको र सोही क्रममा अरिङ्गालले टोकेको बताइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post