Saturday, June 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

दसैँमा के पढ्ने सोच्दै हुनुहुन्छ? उपयोगी हुन सक्छन् यी पुस्तक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८२
in कला साहित्य, टाकुरा विशेष, समाचार
0
दसैँमा के पढ्ने सोच्दै हुनुहुन्छ? उपयोगी हुन सक्छन् यी पुस्तक
134
SHARES
Share on FacebookShare on Twitter

इटहरी : दसैँ–तिहारको फुर्सदमा के पढ्ने सोच्दै हुनुहुन्छ ? कोशी प्रदेशका लेखक–कविहरूले २०८१ साउनयता प्रकाशनमा ल्याएका उपन्यास, कविता, कथा, गजल र निबन्धसहितका १७ कृति बजारमा उपलब्ध छन्।

कोशी प्रदेशमा स्थायी निवासी भएर विभिन्न ठाउँमा बसोबास गरी साहित्य तथा सिर्जनाकर्म गर्दै आएका कवि, लेखकहरूले २०८१ साउनयता प्रकाशन गरेका सङ्ग्रहरूको सूचीलाई यहाँ प्रस्तुत गरिएको छ ।

खासगरी कवि, लेखकहरूले यस वर्ष प्रकाशनमा ल्याएका विभिन्न विधाका सङ्ग्रहबारे छोटो जानकारीसहित पाठकलाई पढ्न सिफारिस गरिएको छ ।

यस लेखमा उपन्यास, कविता, कथा, निबन्ध, इतिहास, गजलजस्ता विधालाई प्राथमिकतामा राखी पाठकलाई सिफारिस गरेका हौँ ।

‘महायुग’ (उपन्यास)

विराटनगर निवासी कवि सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ भर्खरै सार्वजनिक भएको छ ।

कविता लेखनमाप स्थापित उनले समाजले आफू अनुकूलको बन्धनभित्र स्त्रीलाई राख्ने गरेको तर स्त्रीभित्र दबिएको स्त्री–शक्तिलाई जागृत गराई बाँच्न चाहेको परिकल्पनामा उपन्यास लेखेको बताएकी छन् ।

स्त्रीको चेतनाअनुरुप नै यस उपन्यासमा एक महायुगको निर्माण गरिएको छ । बुक हिलद्धारा प्रकाशित उक्त उपन्यासमा ३६० पृष्ठ छ भने ६९९। रुपैयाँ मूल्य तोकिएको छ ।

प्याउली (उपन्यास)

आख्यानकार बालिका बान्तावाको उपन्यास ‘प्याउली’ बजारमा उपलब्ध छ । झापा स्थायी निवासी उनको उपन्यास प्याउलीको दोस्रो संस्करणसमेत प्रकाशनमा आएको छ । उक्त पुस्तकले नारीवादी चित्रणलाई प्राथमिकतामा राखेको छ ।

प्याउलीभित्र बान्तावाले भोगेका घटनामार्फत पात्रको चरित्रलाई स्थापित गर्न सफल भएकी छन् ।

कलरव धरानले प्रकाशन गरेको उक्त उपन्यासको ५००। मूल्य तोकिएको छ ।

‘विविशारा’ (उपन्यास)

मोरङको विराटचोक निवासी लेखक छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ बजारमा उपलब्ध छ ।

फिनिक्स बुक्सले प्रकाशन गरेको पुस्तकमा बालमनोविज्ञानमा आधारित रहेर भुइँमान्छेको यथार्थमा केन्द्रित रहेको छ ।

सामाजिक विभेददेखि प्रेम र मानिस मात्र नभई अन्य प्राणी पनि कसरी अनाथ बन्न सक्छन् भन्ने विषयवस्तु समेटिएको छ ।

दैवीप्रकोप, बालश्रम, यौनशोषण र सामाजिक विभेदको मुक्का खाएर ढल्दा पनि सङ्घर्षको राँको बोकेर हिँडिरहेको हिम्मतिलो पात्रको कथा नै ‘विविशारा’ हो । पुस्तकको मूल्य ५९९। तोकिएको छ ।

नदीकिनाराको पूर्णिमा (कविता सङ्ग्रह)

कृष्णभूषण बल प्रसिद्ध कवि हुन् । विराटनगरमा बसेर उनले कवितामार्फत समाजमा अनवरत कलम चलाए । नयाँ पुस्तालाई साहित्यमा प्रेरित गरे । उनको कविता ‘काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन’ आज पनि चर्चाको शिखरमा छ ।

रेडपाण्डा बुक्सले प्रकाशनमा ल्याएको उक्त सङ्ग्रहभित्र बलका प्रकाशित कविताहरूलाई सङ्ग्रहित गरिएको छ ।

४९५। मूल्य तोकिएको सङ्ग्रहमा भोलि बास्ने बिहान २०४१, बाँकी कविताहरू र दाज्यु तिम्रो हात चाहिन्छ (खण्डकाव्य) समावेश गरिएको छ ।

सङ्ग्रहभित्र खण्डकाव्यबाहेक ७७ वटा कविता रहेका छन् ।

गुलजारका कविता (अनुवाद कविता सङ्ग्रह)
दक्षिण एसियाका सर्वाधिक लोकप्रिय कवि हुन्, गुलजार । गुलजारद्धारा लिखित कविताहरूलाई सुदीप पाख्रिनले अनुवाद गरेका हुन् । धरान निवासी कवि पाख्रिनले एक सय वटा कविता अनुवाद गरेका छन् ।

पाख्रिनले भनेका छन् – ‘गुलजारका कवितालाई नेपालीमा ल्याउने मेरो यस प्रयत्नका पछाडि मूलतः उनीप्रतिको मेरो प्रेम र लगाव नै छ । गुलजारकाको सौन्दर्यचिन्तन र काव्यिक सामथ्र्यबारे मैले केही भनिरहनु जरूरी छैन ।’

फाइनप्रिन्टद्धारा प्रकाशित सङ्ग्रहको ४८०। मूल्य तोकिएको छ ।

‘माझीहाडाम’ (कविता सङ्ग्रह)

मोरङको रंगेली निवासी कवि रमेशचन्द्र अधिकारीको ‘माझीहाडाम’ कविता सङ्ग्रह बजारमा उपलब्ध छ ।

उनको यो सङ्ग्रह गत जेठमा विमोचन गरिएको हो । रेडपाण्डा बुक्सले प्रकाशनमा ल्याएको उक्त सङ्ग्रहभित्र छोटा, मध्यम र लामा गरी ३१ वटा कविता समावेश छन् ।

कविताहरूमा मानवीय समवेदना र खासगरी सन्थाल समुदायको सांस्कृतिक, सामाजिक र राजनीतिक अनुभूतिको गहिरो चित्र प्रस्तुत गरिएको छ । पुस्तकको मूल्य ३९५। तोकिएको छ ।

‘ब्ल्याकहोलमा गीतहरू’ (कविता सङ्ग्रह)

धरान निवासी डा. अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ कविता सङ्ग्रह आज (शनिवार) लोकार्पण गरिएको छ ।

इन्डिगो इन्कले प्रकाशन गरेको उक्त सङ्ग्रह डा. विष्टको पहिलो कविता हो ।

पुस्तकमा नारी र पुरुषको जीवन भोगाई, समाजका विद्यमान समस्या, संस्कृतिजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।

पुस्तकमा छोटा, लामा र मध्यम गरी ४६ वटा कविता छन् । पुस्तकको मूल्य ३४९। तोकिएको छ ।

जहाँ आमाहरू कहिल्यै निदाउँदैनन् (अनुवाद कविता सङ्ग्रह)

चुनिएका प्यालेस्टाइनी कविताहरूको सङ्ग्रह नै ‘जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्’ हो । धरान निवासी कवि चन्द्र गुरुङले अनुवाद गरेको सङ्ग्रहभित्र आफ्नो मातृभूमिप्रतिको अगाध माया र जनताले भोगेका उत्पीडनहरूको विरोधमा जन्मेका सङ्घर्ष र बलिदानका ऐनालाई समेटिएको छ ।

प्यालेस्टाइनी जनताले भोगेको पीडा र अनुभूत गरेको आशा-निराशा र त्यहाँका कविहरूले लेखेको कविताको अनुवाद नै यो सङग्रह हो ।

३९ जना कविको ३९ वटा कविता सङ्ग्रहित पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो भने ३९९। मूल्य तोकिएको छ ।

फाटकमा घाम (कविता सङ्ग्रह)

इलाम निवासी कविता राई गाउँलेको पहिलो कविता सङ्ग्रह हो, फाटकमा घाम । सङ्ग्रहमा ४९ वटा कविता समावेश गरिएको

छ । सरल तर गहिरा बिम्बको प्रयोग गरी लेखिएका कविताभित्र समाज, संस्कृति, प्रेम, प्रकृतिलाई उठान गरिएको छ ।

रत्न पुस्तक भण्डारले प्रकाशन गरेको पुस्तकको २९९। मूल्य तोकिएको छ ।

बारूदले कोरेका अक्षरहरू (कविता सङ्ग्रह)

धरान निवासी भीम विरही राईले आफ्नो जीवन भोगाईलाई नै काव्यिक रूपमा समावेश गरी सङ्ग्रह प्रकाशनमा ल्याएका हुन् ।

सङ्ग्रहमा ३८ वटा कविमा समावेश गरिएको छ ।

कविताले देशप्रेम, जीवन भोगाई, प्रेम, विछोड, पीडा र भावनालाई उजागर गरेको छ । अन्तराष्ट्रिय परदेशी साहित्यिक समूहद्धारा प्रकाशित पुस्तकको ३००। मूल्य तोकिएको छ ।

पहाडको पैताला (कविता सङ्ग्रह)

झापा निवासी चन्द्र सम्बाहाम्फेको पहिलो कविता सङ्ग्रह हो, पहाडको पैताला ।

सरल शब्दको संयोजन, सामाजिक विकृतिमाथि व्यङ्ग्य, शोषण, अत्याचार, राज्यको दमनकारी नीतिलगायतका विषयलाई सङ्ग्रहमा समावेश गरिएको छ ।

स्रष्टा पब्लिकेशद्धारा प्रकाशित पुस्तकको ३५०। मूल्य तोकिएको छ ।

पेरेङ्गेचेप र नागबेली सपनाहरू (कविता सङ्ग्रह)

इलाम निवासी सञ्जित फलानाको पहिलो कविता सङ्ग्रह हो, पेरुङ्गेचेप र नागबेली सपनाहरू ।

समसामयिक विकृति–विसंगति, प्रेम, विछोड, सांस्कृतिक चिन्तनलगायतका विषयको उठान गरी उनले सङ्ग्रह प्रकाशनमा ल्याएका हुन् ।

सङ्ग्रहमा ४३ वटा कविता समावेश छ । निम्बल पब्लिकेशनद्धारा प्रकाशित ३५०। मूल्य तोकिएको छ ।

‘विजयिनी’ (कथा सङ्ग्रह)

विराटनगर निवासी दीपा दाहालको पहिलो कथा संग्रह ‘विजयिनी’ बजारमा उपलब्ध छ । पुस्तकले समाजमा व्याप्त महिला विभेद, विद्रोह र अधिकारका मुद्दाको उठान गरिएको छ ।

संग्रहमा पितृसत्तात्मक हिंसाबाट बाहिर निस्कन महिलाले भोगेका कठिन संघर्षलाई केन्द्रमा राखेको छ ।

पुस्तकमा ८ वटा कथामा महिला र २ वटा कथामा पुरुष पात्रलाई प्रमुख पात्रका रूपमा प्रस्तुत गरिएको छ । पुस्तकको मूल्य ३७५। तोकिएको छ ।

चेकेदेम राजारानीको दरबार (कथा सङ्ग्रह)

मोरङ निवासी बादलदेवि चाम्लिङको पहिलो कथा सङ्ग्रह हो, चेकेदेम राजारानीको दरबार । कवितामार्फत आफ्नो पहिचान बनाएकी चाम्लिङले यस पुस्तकमा २४ वटा कथा समेटेकी छिन् ।

पुस्तकमा स्थानीयस्तरमा रहेका मौलिक, प्राकृतिक, पुरात्वात्विक सुगन्धको संरक्षण आवश्यक छ भन्ने हेतुले त्यही विषयमा केन्द्रीत रहेर कथाहरू लेखिएका छन् ।

शिखा बुक्सले प्रकाशन गरेको सङ्ग्रहको ३२५। मूल्य तोकिएको छ ।

नातिपुस्ताको खेल (निबन्ध सङ्ग्रह)

झापा निवासी कृष्ण बरालको सातौँ पुस्तक नातिपुस्ताको खेल निबन्ध सङ्ग्रह हो । बरालले आफू नाति उमेरको छँदाको समय र आफ्ना पनि नाति हुँदाको समयको अन्तराललाई पुस्तकमा समेटेका छन् ।

आफैँले बाँचेर आउँदा समाजसँग वर्तमानले भोगेका अनुभव र अनुभूतिका संवादहरूलाई नै निबन्धमा उल्लेख गरिएको छ ।

स्रष्टा पब्लिकेशद्धारा प्रकाशित पुस्तकको ५००। मूल्य तोकिएको छ ।

सराब (गजल सङ्ग्रह)

‘१५ दिन ध्यान गर्नु र एउटा गजल लेख्नु समान रहेको’ बताउने झापा निवासी गजलकार कृष्ण काश्यपको गजल सङ्ग्रह ‘सराब’ बजारमा उपलब्ध छ ।

सङ्ग्रहिभत्र विशिष्ट कलाचेत, उत्कृष्ट लेखन शैली, बिम्बको कालात्मक र सरल भाषामा जादुमय शेरहरुको प्रयोग गरिएको छ ।

स्रष्टा पब्लिकेशन दमकले प्रकाशन गरेको उक्त गजल सङ्ग्रहिभत्र ९६ वटा गजल समावेश छन् । पुस्तकको ३००। मूल्य तोकिएको छ ।

गुमनाम एक इतिहास बिसे नगर्ची (इतिहास)

मोरङको पथरीशनिश्चरे १ निवासी दीपेन्द्रराज तिम्सिनाले यो पुस्तक लेखेका हुन् । पृथ्वीनारायण शाह र उनका बुबा नरभूपाल शाहको सल्लाहकार बिसे नगर्चीको विषयमा गहिरो खोज, अनुसन्धान गरी उक्त पुस्तक प्रकाशन गरिएको हो ।

बिसे नगर्चीको जन्मस्थल गोरखा पुगेर उनलाई र उनको सन्तान छोरालाई दिएको सनदपत्र, लालमोहर, बिसेका सन्तानसहित भेटेर गहिरो अध्ययनसहित यो पुस्तक लेखिएको छ । स्रष्टा छापाखानाले छापेको पुस्तक ४९ वटा शीर्षकमा लेखिएको छ ।

पुस्तकको मूल्य ५००। तोकिएको छ ।

शुभ दसैँ…

Tags: #साहित्यटाकुरा विशेषपुस्तक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न
विविध

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

by रासस
जेष्ठ २९, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

विराटनगरमा ११९ ग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २९, २०८३
0

विराटनगर : मोरङ प्रहरीले विराटनगर महानगरपालिका–९ स्थित ट्राफिक चौकबाट ११९ ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय...

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

जेष्ठ २९, २०८३
ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

जेष्ठ २९, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

धरानस्थित बीपी प्रतिष्ठानको अनलाइन ओपीडी दर्ता सेवा पुनः सञ्चालनमा

जेष्ठ २९, २०८३
माइपोखरीको मोह : स्वदेशीसँगै विदेशी पर्यटक पनि आकर्षित

माइपोखरीको मोह : स्वदेशीसँगै विदेशी पर्यटक पनि आकर्षित

जेष्ठ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

जेष्ठ २९, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ११९ ग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ

जेष्ठ २९, २०८३
कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

जेष्ठ २९, २०८३
ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

जेष्ठ २९, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.