दमक : झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक मंगलबार राति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमकबाट मोरङको टाँडीतर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा मोरङको मिक्लाजुङ ३ का ३६ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा ३५ जना सवार थिए । घटनामा २१ जना घाइते भएका छन् ।
बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post