झापा : झापाको बिर्तामोडमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ४ का २ वर्षीय दिवांश माझी रहेका छन् । उनी स्थानीय विक्रम माझीका छोरा हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार बिहान ९ः४५ बजे दिवांश खेल्ने क्रममा घर छेउमै रहेको अधुवा खोलामा डुबेका थिए ।
उनलाई डुबिरहेको अवस्थामा देखेपछि उद्दार गरी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याइएपनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post