इटहरी उपमहानगरले अहिलेको विषम परिस्थितिमा इटहरी अस्पताललाई दुई वटा एम्वुलेन्स हस्तान्तरण गरेको छ ।
इटहरी उपमहानगरकाका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष भूपेन्द्र वराललाई र उपमेयर लक्ष्मी गौतमले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा मनिश शर्मालाई एम्बुलेन्सको चावी हस्तान्तरण गरेका छन् ।
यस्तो महामारीको परिस्थितिमा नागरिकलाइ यी एम्वुलेन्सको प्रयोगबाट इटहरीबासीको स्वास्थ्य सेवालाई सहज बनाउन सहयोग पुग्ने प्रमुख चौधरीले अपेक्षा व्यक्त गरेका छन् ।
कोभिड संक्रमित विरामीलाई आइसोलेसन सम्म पुर्याउन तथा अस्पताल लैजान एम्वुलेन्स प्रयोग गरिने प्रमुख चौधरीले वताएका छन्। आवश्यक प्रक्रिया पूरा गरेर एम्वुलेन्स चाँडै प्रयोगमा ल्याइने अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र बरालले जानकारी दिएका छन।














Discussion about this post