उदयपुर : उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको त्रियुगा नगरपालिका–५ स्थित गेरुवाई खोला नजिकै गुडिरहेको ट्याक्टरबाट खसेर त्रियुगा–५ पिपलचौरी बस्ने ५८ वर्षीय दमशेर राईको मृत्यु भएको हो ।
स १ त ५४३५ नम्बरको थ्रेसर मेसिन जडान भएको ट्याक्टर गुडिरहेको अवस्थामा खसेर राई गम्भीर घाइते भएका थिए ।
उपचारको लागि जिल्ला अस्पताल उदयपुर पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post