मधेस : एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बर्दिवासलाई इलेक्ट्रोनिक पिउने पानी फिल्टर सहयोग गरेको छ।
संस्थाको केन्द्रीय कार्यालय पोखरा–८ न्यूरोडबाट प्रादेशिक कार्यालय बर्दिवासमार्फत आएको उक्त सामग्री सोमबार औपचारिक रूपमा प्रहरी निरीक्षक विनय कुमार सिंहलाई हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा एनएमबी लघुवित्तका मधेश प्रदेश प्रमुख नवीन खतिवडा, गौरिडाँडा शाखा प्रमुख प्रदीप कुमार श्रेष्ठ, ढल्केबर शाखा प्रमुख सरोज कुमार दास, ढल्केबर शाखाका कर्मचारी सन्तोष कुमार रजक तथा गौरिडाँडा शाखाका कर्मचारी राकेश कुमार सहनी र सुरज कुमार कुर्मी उपस्थित थिए।
त्यसैगरी इलाका प्रहरी कार्यालयका तर्फबाट प्रहरी निरीक्षक सिंह, वरिष्ठ प्रहरी नायब निरीक्षक कुवेर खतिवडा, प्रहरी सहायक निरीक्षक कालसिंह लामासहित अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।
प्रदेश प्रमुख खतिवडाका अनुसार लघुवित्तले समुदाय र सार्वजनिक संस्थाका आवश्यकता अनुरूप सहयोग जारी राख्ने नीति अनुरूप यो सहयोग गरिएको हो।
प्रहरी निरिक्षक सिंहले यस किसिमको कार्यले प्रहरी कार्यालयमा कर्मचारीहरूसँगै सेवा लिन आउने सेवाग्राहीहरूले बोतलको पानी तथा जारको पानी किनेर खानुपर्ने नपर्ने भएकाले धन्यवाद प्रकट गरे ।












Discussion about this post