Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

अन्तर्राष्ट्रिय प्रतियोगितामा तरहराका निशान शर्माको फोटो विश्वव्यापी दशौँ स्थानमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ४, २०८२
in पर्यावरण, समाचार
0
अन्तर्राष्ट्रिय प्रतियोगितामा तरहराका निशान शर्माको फोटो विश्वव्यापी दशौँ स्थानमा
292
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली फोटोग्राफर निशान शर्माले अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता ‘विकी लभ्स अर्थ’ मा विश्वव्यापी दशौँ स्थान हासिल गर्न सफल भएका छन्।

५७ देशका पाँच हजार दुई सय भन्दा बढी फोटोग्राफरबाट प्राप्त ८० हजारभन्दा बढी तस्बिरबीच प्रतिस्पर्धा गर्दै शर्माको तस्बिर उत्कृष्ट दशभित्र पर्न सफल भएको हो।

प्रतियोगिताको अन्तर्राष्ट्रिय चरणमा ५७ देशबाट छनोट भई आएका ६१८ तस्बिरबीच मूल्याङ्कन गरिएको थियो।

ती ६१८ तस्बिरमध्ये शर्माको फोटोले दशौँ स्थान प्राप्त गरेको आयोजकले जनाएको छ। उनले नेपालबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्।

विकी लभ्स अर्थ विश्वभरका विकिमिडिया समुदायहरूले आयोजना गर्ने वार्षिक अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता हो।

यस प्रतियोगिताको मुख्य उद्देश्य वन, वन्यजन्तु, नदी, पहाड, संरक्षित क्षेत्र तथा अन्य प्राकृतिक सम्पदाको तस्बिरमार्फत दस्तावेजीकरण गर्नु हो।

प्रतियोगिता हरेक वर्ष राष्ट्रिय चरणबाट सुरु भई राष्ट्रिय निर्णायक समितिबाट छनोट भएका तस्बिरहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पठाइन्छन्।

शर्माको यो तस्बिर ललितपुरस्थित गोदावरी बोटानिकल गार्डेन मा खिचिएको हो। उक्त तस्बिर खिच्ने क्रममा नेशनल जियोग्राफिक एक्सप्लोरर तथा हर्पेटोफौना अफिसर रोहित गिरीको विशेष सहयोग रहेको शर्माले बताएका छन्।

इटहरी २० तरहरा निवासी शर्माको सफलताले नेपाली फोटोग्राफीलाई अन्तर्राष्ट्रिय मञ्चमा थप चिनाउने काम गरेको जनाइएको छ।

उनको मेहनत, धैर्य र निरन्तर प्रयासले आफू मात्र होइन, देशकै नाम विश्वभर उजागर गर्न सफल भएको भन्दै शुभेच्छुकहरूले गर्व व्यक्त गरेका छन्।

यो पनि – तरहरामा मन्डारिन हाँसको दृश्य रेकर्ड, नेपालमै दुर्लभ

Tags: निशान शर्मापर्यावरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’
FEATURE BREAKING

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय...

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार
विविध

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

धान उत्पादनमा प्रख्यात ओखलढुङ्गाको रामपुरटार क्षेत्र । तस्बिर : नवराज कार्की/रासस

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

अशोज २७, २०८३
बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

अशोज २६, २०८३
हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

अशोज २६, २०८३

मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्र अनिश्चित, एउटा ठेक्का रद्द

अशोज २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

अशोज २७, २०८३
तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

अशोज २७, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

अशोज २७, २०८३
बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

अशोज २६, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.