Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

विराटनगर क्रिकेट लिग : दुई खेलमा सिद्धार्थको जित, सुपर ओभरमा विराटनगर विजयी

गुरु ढकाल by गुरु ढकाल
माघ ५, २०८२
in खेलकुद, समाचार
0
विराटनगर क्रिकेट लिग : दुई खेलमा सिद्धार्थको जित, सुपर ओभरमा विराटनगर विजयी
60
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग सोमवार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोर्टिङ क्लब र विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमी विजयी भएका छन् ।

पहिलो खेलमा सिद्धार्थले कटहरी क्रिकेट एकेडमीलाई ३९ रनको पराजित गर्दै लगातार दुई खेलमा जित हात पार्दै ४ अंकसाथ समूह बी को शीर्ष स्थानमा रहेर फाइनलको नजिक पुगेको छ ।

पराजित कटहरी प्रतियोगिताबाट बाहिरिएको छ । ३ खेल खेलेको कटहरीले १ मा जित र २ मा पराजित हुँदै २ अंकका साथ दोस्रो, डाइनामिकले १ मा जित निकालेको २ अंकका साथ तेस्रो र लायन क्रिकेट एकेडेमी खेलेको १ खेलमा पराजित हुँदै लिगको पुछारमा रहेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको सिद्धार्थले निर्धारित १८ ओभरमा ६ विकेट गुमाई १ सस ३२ रनको योगफल तयार पारेको थियो ।

सिद्धार्थका लागि फिदोश अन्सारीले अविजित रहँदै ३२ रन बनाउँदा सोहेव आलमले २७ रन र निरज मुखियाले २४ रनको योगदान दिए । कटहरीका विशाल आचार्यले २ विकेट लिँदा सुरज मुखिया, प्रसिद्ध मण्डल र आस्वीन कामतले १–१ विकेट लिए ।

जवाफमा १ सय ३३ रनको लक्ष्य पछ्याएको कटहरीले प्रै ओभर खेल्दै ८ विकेट गुमाई ९३ रन मात्र बनाउँन सक्यो ।

कटहरीका आस्वीन कामतले अविजित ४२ रन जोड्दा विशाल आचार्यले २० रन जोडे । सिद्धार्थका दिपेश कँडेलले ३ विकेट लिँदा फिर्दोश अन्सारी र निरज मुखियाले १–१ विकेट लिए ।

खेलको म्यान अफ द म्याच सिद्धार्थका दिपेश कँडेल घोषित भए ।

समूह ए अन्तरगत भएको दिनको दोस्रो खेलमा विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमीले विराट क्रिकेट एकेडमीलाई सुपर ओभरमा ५ रनले पराजित गर्दै २ अंक जोडेको छ ।

२ खेल खेलेको विराट क्रिकेट एकेडेमी १ मा जित र १ खेलमा पराजित हुँदै नेट रन नेटमा पछि पर्दै शीर्ष स्थानमा यथावत् रहेको छ भने विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमीले खेलेको पहिलो खेलमा जित निकाल्दै दोस्रो स्थानमा छ ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको विराटनगरले १ ओभरमा १ विकेट गुमाई १० रन बनायो भने विराटले ५ बलमा २ विकेट गुमाई ५ रन मात्र बनाएपछि ५ रनले पराजित भएको हो ।

यस टस जितेर ब्याटिङ गरेको विराटले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ९८ रनको सामान्य योगफल तयार पारेको थियो ।

विराटका लागि क्लब कामतले ३४ रनको योगदान दिँदा अनिस राजवंशीले २१ रन र दिपक पासवानले १५ रनको योगदान दिए । विराटनगरका प्रशान्त साहले ३ विकेट लिँदा सुजन थपलियाले पनि ३ विकेट लिए भने रितेश झाले २ विकेट लिए ।

जवाफमा ९९ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले पुरै ओभर खैल्दै ७ विकेट गुमाई ९८ बनाएपछि अ‍ेल सुपर अभेरमा गएको थियो ।

विराटनगरका क्रितिक कामतले ५१ रन बनाउँदा कमलदेव चौधरीले १७ रन बनाए । विराटका श्रवण यादवले ह्याट्रिकसहितले ४ विकेट लिँदा अमन यादवले १ विकेट लिए । खेलको म्यान अफ द म्याच विराट विशाल ढकाल घोषित भए ।

सोमवारको पहिलो खेल सिद्धार्थ स्पोर्टिङ क्लब र कटहरी क्रिकेट एकेडेमी तथा दोस्रो खेल विराट क्रिकेट एकेडेमी र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

Tags: #खेलकुदक्रिकेट
गुरु ढकाल

गुरु ढकाल

इटहरी निवासी ढकाल दुई दशकयता फोटो पत्रकारितामा सक्रिय छन् ।

Related Posts

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु
समाचार

बिहीबार काेशीमा एकैदिन १२ सवारी दुर्घटनामा ३० जना घाइते

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

विराटनगर : कोशी प्रदेशका विभिन्न जिल्लामा एकैदिन भएका १२ वटा सवारी दुर्घटनामा ३० जना घाइते भएका छन्। दुर्घटनामा घाइतेमध्ये अधिकांशको...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

इटहरी : हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय...

Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३
बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

बिहीबार काेशीमा एकैदिन १२ सवारी दुर्घटनामा ३० जना घाइते

अशोज ९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.