Wednesday, September 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इलाम : चियाको न्यूनतम समर्थन मूल्य हटाउने सूर्योदय नगरपालिकाको निर्णय

रासस by रासस
चैत्र २७, २०८२
in समाचार
0
चिया टिप्न हाते मेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका
65
SHARES
Share on FacebookShare on Twitter

इलाम : सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ ।

‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगले किसानलाई चियाको न्यूनतम मूल्य प्रतिकिलो रु ४० दिनुपर्ने र किसानले ४० प्रतिशत मुनाको चिया मात्र टिप्नुपर्ने मापदण्ड थियो ।

तर अधिकांश किसान र उद्योगीले खुला बजारको माग गरेपछि नगरपालिकाको १८औँ नगर सभाको तेस्रो बैठकले उक्त ऐन संशोधन गरेको कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले बताए । नगरप्रमुख बरालले सभाले झन्झटिला र नागरिकलाई असहज हुने विभिन्न सात ऐन संशोधन गरेको बताए ।

‘नगरको विनियोजन ऐन २०८२, आर्थिक ऐन २०८२, आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६, स्वास्थ्य ऐन २०७८, सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६, नगर प्रहरी ऐन २०७६ र सहकारी ऐन २०७५ संशोधन विधेयक पारित भएको छ,’ नगरप्रमुख बरालले भने ।

नगरपालिका क्षेत्रमा ६३ साना–ठूला चिया उद्योग रहेका छन् । पालिकाले चियाको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रमुख बरालले भने, ‘चिया रोपणदेखि टिप्नेसम्म र अग्र्यानीकरणसम्म हामीले ध्यान दिने हो, बजारीकरण र मूल्य निर्धारण सङ्घीय सरकारले गर्नुपर्छ ।’

नगरले यस पटक चिया क्षेत्रका समस्या समाधान गर्न १४ वटै वडाबाट किसान र उद्योगीका सुझाव लिएको थियो । साथै, नगरले चिया ऐन संशोधनका लागि स्थानीयसँग ‘अनलाइन’मार्फत पनि सुझाव माग गरेको थियो ।

यहाँ चिया क्षेत्रका समस्या समाधान गर्न चिया शाखा सञ्चालन गरिने भएको छ । नगरले यसअघि निर्माण गरेको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६ लाई परिमार्जन गरी संघीय कानुनअनुसार सञ्चालन हुने व्यवस्था गरेको छ । सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ संशोधन गरी तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा सहजता ल्याइएको छ ।

सहकारी ऐन २०७५ लाई पनि संशोधन गरी सङ्घीय कानुनअनुसार हुनेगरी पारित गरिएको पालिकाका प्रवक्ता ख्याम भुजेलले जानकारी दिए।

‘नगर सभाले नेपाल सरकारले ५० वर्षका लागि लिजमा दिएको नेपाल चिया विकास निगमअन्तर्गतको चिया बगान स्थानीय सरकारको स्वामित्वमा ल्याउन सङ्घीय सरकारलाई पत्राचार गर्ने, सडकको चौडाइभन्दा गुणस्तरीय काम गराउने, काठका पोल विस्थापन गर्ने लगायतका निर्णय गरेको छ,’ प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले भने ।

‘नगरले गत वर्षको विपद्बाट क्षति भएका सडक मर्मतका लागि १४ वटै वडामा दुई–दुई लाखका दरले रकम विनियोजन गरेको छ,’ उनले भने ।

नगरले फोहोरमैला व्यवस्थापनका लागि स्विस सरकार, प्रदेश सरकार र स्थानीय सरकारको करिब रु २२ करोड लगानीमा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने भएको वडा नं ५ का वडाध्यक्ष उर्गेन बम्जनले बताए ।

उनका अनुसार नगरले जग्गा बिक्रीमा लाग्ने लाभकर र राजमार्गको सेटब्याकसम्बन्धी व्यवस्था परिमार्जनका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत कोइरालाले नगरलाई पारदर्शी बनाउँदै बेरुजु शून्यमा झार्ने गरी काम भइरहेको जानकारी दिए ।

नगरका सूचना अधिकारी योगनिधि भट्टराईले नगरका महत्वपूर्ण कार्यक्रमहरू प्रत्यक्ष प्रसारण गर्दै पारदर्शिता कायम गरिएको जानकारी दिए । रासस

Tags: इलामचिया
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

खोटाङ : बाँदर खेद्न जङ्गल पुगेका दुई दाजुभाइमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी...

‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो
FEATURE BREAKING

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

इटहरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अनटेस्ट सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।...

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३
‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३
बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    937 shares
    Share 375 Tweet 234
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    753 shares
    Share 301 Tweet 188
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    272 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.