इटहरी : सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ।
भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित खुनिया पुलमा इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा बराहक्षेत्र नगरपालिका–७ निवासी २० वर्षीय समीर खड्कालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका खड्काले चलाएको प्रदेश १–०२–०४१ प ९०४३ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा उनको साथबाट १.०५ ग्राम ब्राउनसुगर बरामद भएको थियो।
बरामद गरिएको लागूऔषध र मोटरसाइकलसहित खड्कालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





















Discussion about this post