होटल मेनेजमेन्ट सम्बन्धि तालिम र कक्षाहरु सञ्चालन गर्दै आएको इटहरीको आरटीआरके होटल स्कुलले चुलो रेष्टुरेन्ट सञ्चालनको तयारी गरेको छ । उक्त रेष्टुरेन्टमा नेपाली मौलिक खानाहरु आकर्षणको रुपमा रहनेछन् ।
नेपाली मौलिक भान्साको प्रवद्र्धन गर्ने र पर्यटनमा टेवा पुर्याउने उद्धेश्यले उक्त रेष्टुरेन्ट सञ्चालन गर्न लागेको सञ्चालक प्रेम लिम्बूले जानकारी दिए । होटल सञ्चालनको अवसरमा १५ दिनसम्म फुड टेस्ट फेस्टिभल गरिने उनले बताए ।
रेष्टुरेन्टमा १०१ दिनसम्म नेपाल भ्रमण गरी खानाकै विषयमा खोज, अनुसन्धान गरेका सेफ प्रेमलाल घिसिङले खाना तयार गर्नेछन् । नेपाली मौलिक खानाहरुलाई मेनुमै राखेर प्रबद्र्धन गर्न लागिएको यो पूर्वी नेपालमै पहिलो पटक हो ।
‘नेपाली खानाले अन्तर्राष्ट्रिय स्तरमा खानाका पारखीहरुको मन जितिसक्दा पनि नेपालकै होटल रेष्टुरेन्टको मेनुमा ठाउँ बनाउन सकेको छैन,’ लिम्बूले भने, ‘त्यसैले विभिन्न जातजाति, धर्म संस्कृतिसँका समुदायहरुले वर्षौंदेखि भान्सामा पकाइरहेको मौलिक खानालाई हामीले पस्किने तयारी गरेका छौं ।’
उनका अनुसार पश्चिम लाइनमा टेलिकम जाने बाटोमा रहेको होटल स्कुल रहेको भवनमै रेष्टुरेन्ट सञ्चानलमा आउनेछ । रेष्टुरेन्ट पनि नेपाली मौलिक सजावटसहितको कलाकारिताले सिंगारिने उनले बताए ।
होटल स्कुलले यसै वर्षदेखि होटल व्यवस्थापनका १८ महिने डिप्लोमा कोर्षहरु सञ्चालनको तयारी गरेको छ ।
















Discussion about this post