भारतीय खानाको स्वादिष्ट परिकार दिने उद्देश्यले इटहरीमा मुम्बई मसला नामक रेष्टुरेन्ट सञ्चालनमा आएको छ । मुम्बईका मिष्टान्न परिकार सहितको सेवा दिने उदेश्यले उक्त रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।
इटहरीको विराटनगर लाइनमा रहेको अपस्टेयर्स क्याफेमा पारिवारिक वातावरणमा क्याबिन सहित मुम्बई मसला रेष्टुरेन्ट सुरु गरिएको अपस्टेयर्सका जनरल म्यानेजर नवीन कार्कीले बताए ।
अहिलेको व्यस्त समयलाई मध्यनजर गर्दै परिवार नै बसेर खान मिल्ने गरी व्यवस्था मिलाइएको उनले बताए । उनका अनुसार अब इटहरीमै मुम्बईको परिकार खान सकिने अवस्था सृजना भएको छ ।
















Discussion about this post