पछिल्लो समय बालबालिकामा हराउँदै गएको संस्कार, अध्यात्पप्रतिको रुचीलाई मध्येनजर गर्दै जीवन विज्ञान सँगको सहकार्यमा इटहरीमा बालबालिकालाई निःशुल्क शिविर दिईएको छ ।
बालबालिकाहरु मानसिक तनावमा केन्द्रीत रहेकाले आँफूहरुले ध्यान, योग र प्राणायाम सम्बन्धी जीवन विज्ञानद्वारा संचालित नव प्रतिभा विज्ञान इटहरीका दुई विद्यालय ब्लुमिङ लोटस आवासीय विद्यालय र शुष्मा सेकेण्डरी विद्यालयले दैनिक रुपमा निःशुल्क संचालन गर्ने गरि नवप्रतिभा विज्ञान समुद्घाटन गरिएको हृदय झा ले बताए ।
जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एलपी भानु शर्माले कार्यक्रमको उद्धघाटन गरेका थिए । उनले विद्यार्थीको प्रतिभा जागृत गर्ने, बालबालिकालाई संस्कारी कसरी बनाउने ? ध्यानले समग्र विकास कसरी गर्छ ? भन्ने विषयमा प्रवचन दिएका थिए ।
अभिभावकहरुले छोराछोरीलाई लाखौँ रुपैँया खर्च गरेपनि सानै उमेरदेखि नै नकारात्मक प्रभावमा केन्द्रीत हुने भएकाले त्यसलाई निरुत्साहन गर्नुपर्नेमा शर्माले जोड दिए ।
















Discussion about this post