रोट्रयाक्ट क्लव अफ धरान घोपाले रोटरी क्लब अफ धरान फुटहिल्ससँग संयुक्त रुपमा कोभिड १९ बारे सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
धरानको रेल्वेको फोल्क्ल्याण्ड क्षेत्रमा रहेको दीपेन्द्र स्मृति आधारभूत विद्यालयमा सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
कोरोनाको जोखिम उत्तिकै रहेकाले यसबाट बच्नका लागि सचेतना कार्यक्रमको आयोजना गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा सेनिटाइजरको महत्त्व, हात धूने सहि समय र तरिका र मास्क लगाउने सहि तरिकाबारे जानकारी दिइएको क्लबकी जनसम्पर्क अधिकारी रुची आचार्यले बताइन् ।
कार्यक्रममा मास्क र सेनिटाइजर पनि वितरण गरिएको कार्यक्रम संयोजक सुस्मिता सुनारले जानकारी दिईन् ।
कार्यक्रममा रोटरी क्लब अफ धरान फूटहिल्सका संस्थापक अध्यक्ष्य रोटेरियन प्रोफेसोर डा. ज्योत्सना रिमाल, रोटर्याक्ट क्लव अफ धरान घोपाकी अध्यक्ष्य रश्मिता सुनुवार लगायत रोटरियन दिवस श्रेष्ठ, रोटरियन गौरवमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।












Discussion about this post