मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ बुधबारेमा रहेको एक घरमा आगलागी घर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।
आज बिहान ९ बजे तिर आगलागी सुरू भएको स्थानीयले बताएका छन् । जयप्रसाद आचार्यको काठको टाडे घर पूर्णरूपमा जलेर नष्ट भएको छ । समयमै दमकल नआउँदा ठुलो क्षति भएको स्थानीयको गुनासो रहेको छ ।
आगो लागेपछि सुन्दरहरैचाको दमकललाई बोलाईएको थियो तर सो दमकल बिग्रेर आउन नसक्ने जानकारी आएपछि बेलबारी र इटहरीको दमकल, नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयले आागोलाई नियन्त्रणमा लिएका थिए ।














Discussion about this post