ईलाम र झापाका दुई छुट्टाछुट्टै स्थानमा विहीबार भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
ईलामको माङसेबुङ गाउँपालिका २ भोटेडाँडामा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा ट्रकका सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
ना ३ ख २०५ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी दुई सय मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका मिक्लाजुङ गाँउपालिका ४ पाँचथरका ३५ बर्षीय किरण राईलाई उपचारको लागि दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी झापाको शिवसताक्षी नगरपालिका ११ दूधेको भित्री सडक खण्डमा ट्रकले साइकलमा यात्रा गरिरहेका स्थानीय १३ बर्षीय बालक भीमबहादुर राईलाई ठक्कर दिंदा बालकको मृत्यु भएको छ ।
मे १ ख ३३९२ नम्बरको ट्रकले ठक्कर दिदाँ घाईते भएका बालकको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।














Discussion about this post