विराटनगरस्थित बसपार्कमा रहेको यात्रुबहाक बसभित्र मृत अवस्थामा एकजना युवाको शव भेटिएको छ ।
झापाको कमल गाउँपालिका ४ केर्खाका २५ वर्षीय राजकुमार थापाको मृत अवस्थामा आइतबार विहान शव भेटिएको हो ।
मृतक युवा झापाको केर्खादेखि मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात बसमा चढेका थिए ।
विराटनगर बसर्पाकमा बसका सहचालकले उठाउदा थापा मृत अवस्थामा रहेको मोरङ प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post