धरानको वडा नं १६ का एक व्यक्तिले धरान १९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा झुण्डिएर आत्महत्या गरेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानका अनुसार अन्दाजी ६० वर्षीय भोजराज पुरीले रुखमा डोरीले झुण्डिएर आत्महत्या गरेका हुन् ।
घाँस काट्न गएका २ जना महिलाले मानिस रुखमा झुण्डिएको देखेपछि वन समूहका पदाधिकारीहरुलाई खबर गरेका थिए ।
परिवारमा हिजो सामान्य विवाद भएको र आज बिहानै उठेर घरबाट हिडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।



















Discussion about this post