धरान । धरान फुटवल क्लवको आयोजनामा हुने अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटवल प्रतियोगिताको २२ औं संस्करणको तयारी पुरा भएको छ ।
विहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फागुन १० गतेदेखि १७ गते सम्म धरान रंगशालामा संचालन हुने छ । रंगशलामा करिव ७ हजार दर्शक क्षमताको प्याराफिट पनि तयारी अवस्थामा छ ।
आयोजक क्लबका अध्यक्ष किशोर राईका अनुसार प्रतियोगितामा स्वदेश र विदेशका गरी ८ टिमको सहभागी हुनेछ । प्रतियोगितामा नेपालका लिग विजेता मच्छिन्द्र क्लब, मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब प्रदेश १ लिग विजेता बेलबारी फुटबल क्लब, मेची नेत्रालय काकडभिट्टा ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब रहेका छन् । विदेशी टिममा भारतको युके एफसि र पश्चिम बंगला कलकत्ताको सन डे क्लब रहेका छन् । प्रतियोगिताको उपाधी विजेताले नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ ।
यसपटक ७० बर्षका वृद्ध पुरुष र ६५ बर्षका वृद्धा महिलालाई निःशुल्क प्रवेशको व्यबस्था गरिएको बताईएको छ ।
धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ
धरान : जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले धरान उपमहानगरपालिका-२ स्थित चिनियाँ चोकमा चेकजाँचका क्रममा लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ...













Discussion about this post