इटहरी : बिहीबार बिहान संखुवासभाको मादी नगरपालिका ६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनामा मृत्यु भएका १५ जनामध्ये तीनजना शिक्षक भएको खुलेको छ ।
केही वर्ष अगाडि इटहरीको एक निजी विद्यालयमा अध्यापन गराउँदै आएकी यहाँकाी ३० वर्षीया युका पोखरेलसहित तीनजना शिक्षकको मृत्यु भएको हो ।
पारिवारिक स्रोतका अनुसार २ वर्ष अघिमात्रै विराटनगरमा विवाह गरेर संखुवासभाको मादीलाई कार्यक्षेत्र बनाउँदै शिक्षणमा लागेकी पोखरेलको धरानस्थित वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनको शुक्रबार इटहरीस्थित बूढीगंगा जमूना मुक्तिघाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
पोखरेलसँगै दुर्घटनामा मृत्युवरण संखुवासभाकै चन्द्रज्योति आवासीय विद्यालयका शिक्षक ५५ वर्षीय भवानी दाहाल र मादी बहुमुखी क्याम्पसका कर्मचारी ४५ वर्षीय दीपककुमार दाहाल रहेका छन् ।
बिहिबार बिहान संखुवासभाको मादीबाट झापाको दमक आउँदै गरेको बा ४ ख ७३५ नम्बरको रेशम फिलिलि नाम गरेको बस घुम्तीमा दुर्घटना भएको थियो ।
जम्मा १९ जना सवार बसमा १५ जनाको मृत्यु भएको छ भने चारजनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि – संखुवासभामा कहालीलाग्दो दुर्घटना, १५ जनाको मृत्यु, शोकमा डुब्यो मादी गाउँ
यो पनि – अपडेट : तीव्र गतिका कारण भीरबाट बस खस्दा १४ को मृत्यु, पाँचको अवस्था गम्भीर (नामावलीसहित)
यो पनि – संखुवासभा बस दुर्घटना अपडेट : भीरबाट तीन सय मिटर तल खस्दा मृतकको संख्या १३ पुग्यो
यो पनि – Breaking : संखुवासभाबाट इटहरी आउँदै गरेको बस भीरबाट खस्यो














Discussion about this post