संखुवासभा : संखुवासभामा भएको बस दुर्घटनाका मृतक परिवारलाई मादी नगरपालिकाले जनही एक लाख दिने भएको छ ।
बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय भएको हो ।
मादी नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको मेयर विदुरकुमार लिंथेपले जानकारी दिए ।
उनका अनुसार घाइतेहरूलाई उपचार खर्च जनही ५० हजार रुपैयाँसमेत दिने निर्णय भएको छ ।
गत बिहीबार बिहान मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा चार जना घाइते भएका छन् ।
यो पनि – संखुवासभा दुर्घटना : मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख सहयोग गर्ने
यो पनि – संखुुवासभा दुर्घटना : रहेनन् इटहरीकी पोखरेलसहित यी तीन शिक्षक
यो पनि – संखुवासभामा कहालीलाग्दो दुर्घटना, १५ जनाको मृत्यु, शोकमा डुब्यो मादी गाउँ
यो पनि – अपडेट : तीव्र गतिका कारण भीरबाट बस खस्दा १४ को मृत्यु, पाँचको अवस्था गम्भीर (नामावलीसहित)
यो पनि – संखुवासभा बस दुर्घटना अपडेट : भीरबाट तीन सय मिटर तल खस्दा मृतकको संख्या १३ पुग्यो
यो पनि – Breaking : संखुवासभाबाट इटहरी आउँदै गरेको बस भीरबाट खस्यो














Discussion about this post