सुनसरी : सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका २ मा रहेको श्री आधारभुत विद्यालयको कार्यालयमा अभिभावकहरूले तालाबन्दी गरेका छन् ।
अंग्रेजी विषयको शिक्षकका ठाउँमा सामाजिक विषयको शिक्षकलाई हाजिरी गराएको भन्दै अभिभावकहरूले तालाबन्दी गरेका हुन् ।
अहिले विद्यालयमा अंग्रेजी विषयको पठनपाठन सामाजिक विषयको शिक्षकले नै गरिरहेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।
विद्यालयका प्रधानाध्यापक मनोजकुमार मेहता अंग्रेजी विषयका शिक्षक थिए । तर, उनी माविमा नाम निकालेर अन्यन्त्र गएपछि यस विद्यालयमा अंग्रेजी विषयको शिक्षक अभाव रहेको छ ।
विषयगत शिक्षक अभाव भएपनि गाउँपालिकाले समयमा पदपूर्ती गर्न नसकेको उनीहरूको आरोप छ । १० महिना बितिसक्दा पनि विषयगत शिक्षकको पदपूर्ती नभएका कारण तालाबन्दी गर्न बाध्य भएको अभिभावक सुरेन्द्र मेहताले जानकारी दिए ।














Discussion about this post