झापा : कोसी प्रदेश नामकरण स्वीकार नहुने भन्दै झापाको दमक नगरपालिकामा पहिचान पक्षधरहरूले तालाबन्दी गरेका छन् ।
मंगलबार बिहान दमक नगरपालिकाको कार्यालय पुगेर पहिचान पक्षधरहरूले तालाबन्दी गरेका हुन् । ताला लगाउने क्रममा प्रहरी र पहिचान पक्षधरबीच झडप हुँदा नगरपालिकाका झ्यालका सिसा समेत फुटेका छन् ।
यस्तै, पाँचथरको फालेलुङ गाउँपालिकामा पनि कोसी नामकरण खारेजीको माग राख्दै गाउँपालिकामा तालाबन्दी गरिएको छ ।
पहिचान पक्षधर प्रदर्शनकारीहरूले गाउँपालिकास्थित प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरेका हुन् ।
यसअघि संघर्ष समितिले फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाका केही वडाहरुमा तालाबन्दी गरेको थियो । संघर्ष समितिले जिल्लाका विभिन्न स्थानीय तहमा पत्र लेख्दै चैत १४ देखि १७ गतेसम्म कार्यालय बन्द गर्न माग राखेको छ ।
प्रदेशको नामकरण पहिचानका पक्षमा हुनुपर्ने माग राखिएपनि गत फागुन १७ गते प्रदेशसभाका दुईतिहाई बहुमतले कोसी नाम राखेको हो ।
कोसी नाम राखिएपछि पहिचानको सम्मान नभएको भन्दै पहिचान पक्षधरहरू आन्दोलित बनेका हुन् ।












Discussion about this post