Friday, September 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीको मोडर्न प्रिपिरेटोरी स्कुलका विद्यार्थीलाई सशस्त्र प्रहरीद्वारा विपद् जोखिम न्यूनीकरण तालिम 

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २९, २०८०
in समाचार
0
इटहरीको मोडर्न प्रिपिरेटोरी स्कुलका विद्यार्थीलाई सशस्त्र प्रहरीद्वारा विपद् जोखिम न्यूनीकरण तालिम 
142
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सशस्त्र प्रहरी बल पकलीद्वारा इटहरीको मोडर्न प्रिपिरेटोरी बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई विपद् जोखिम न्यूनीकरणका लागि विद्यालयका प्रशिक्षण दिएको छ ।

प्राकृतिक प्रकोपको समयमा र प्रकोपपछि आउनसक्ने परिस्थितिलाई उचित व्यवस्थापन गर्न पूर्वतयारी तथा आधारभूत सीपहरूको विकास सबैमा हुनु आवश्यक रहेकोले यसबारे विद्यार्थीलाई जानकारी हुनुपर्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका एसएसपी रवीनराज कर्णजितले बताए ।

“विद्यालय तहबाटै विद्यार्थीहरूले विपद् जोखिम न्यूनीकरणका सैद्दान्तिकसँगै व्यवहारिक ज्ञान जान्न आवश्यक छ । यस्ता प्रशिक्षणले अफ्ठ्यारो अवस्थामा आफू कसरी बच्ने र अफ्ठ्यारो परिस्थतिको सामना कसरी गर्ने भन्ने बारेमा सिकाउँछ ।” उनले भने ।

सशस्त्र प्रहरी बलले कोसी प्रदेशभरी करिब एक सय ७५ बढी विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रम गरिसकेको उनले बताए ।

भूकम्प, बाढी, पहिरो डुबान, कटान, आगलागी, शितलहर, दुर्घटना, हावाहुरी/आँधीवरी अतिवृष्टी, अनावृष्टी, ज्वालामुखि लगायतका आपतकालीन अवस्थामा आइपर्ने समस्याका कारण, समाधान, बच्ने उपाय र  समस्या आइपरेको खण्डमा के गर्ने? भन्ने विषयमा सशस्त्र प्रहरी बल पकलीका निरीक्षक टेकबहादुर कटुवालले प्रशिक्षण दिएका थिए ।

विपद् व्यवस्थापन कार्यमा विपद्पछि उद्दारको कार्य गरिनुमात्र नभइ विपद्अघि नै यसबाट जोगिनको लागि  जनचेतनामा अभिबृद्धि गर्न ‘विपद् न्युनीकरण कार्यक्रम’को जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

विद्यालयका एक सय ५० भन्दा बढी विद्यार्थीलाई प्राकृतिक विपद् न्यूनीकरणबारे प्रशिक्षण दिइएको मोडर्न प्रिपेरेटोरी विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले जानकारी दिए ।

विद्यालयले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम, अतिरिक्त कृयाकलाप, शैक्षिक भ्रमण, वार्षिकोत्सब लगायतका काम गर्दै आएको पौडेलले बताए  ।

विद्यालयमा जनचेतनामूलक कार्यक्रमले आफूहरूले आपतकालीन अवस्थामा आइपर्ने समस्याबाट कसरी बच्ने र समस्या न्यूनीकरणका लागि के कस्ता उपायहरु हुन्छन् भन्ने विषयमा जानकारी पाएको विद्यालयमा अध्यनरत छात्रा खुसी विष्टले बताइन् ।

सशस्त्र प्रहरी बलले घरमा प्रयोग हुने ग्यास सिलिन्डरमा आगो लागेको अवस्थामा कसरी नियन्त्रमा लिने भन्ने विषयमा समेत व्यवहारिक अभ्यासको प्रदर्शन गरेको थियो ।

उक्त कार्यक्रममा विद्यार्थीहरूले आगलागी नियन्त्रणका क्रममा प्रयोग हुने सामाग्रीहरूको अवलोकन गरेका थिए ।

गत साता नेपाल प्रहरीसँगको सहकार्यमा “लागूऔषध दुर्व्यसन र अनलाइन इन्टरनेटका माध्ययमबाट हुने यौनजन्य हिंसाबाट कसरी बच्ने ?” विषयमा विद्यालयले सचेतना एवम् प्रशिक्षण कार्यक्रम सञ्चालान गरेको थियो ।

नियमित रूपमा विद्यार्थीहरूलाई किशोरावस्था आइपर्ने चुनौतीहरूलाई कसरी सामना गर्ने र सामाजमा फैलिएका विकृतीहरूबाट कसरी बच्ने भन्ने विषयमा विभिन्न कार्यक्रमहरू सञ्चालान गर्दै आएको छ ।

Tags: #इटहरीतालिममोडर्न प्रिपेरेटोरीसशस्त्र प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी
FEATURE BREAKING

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८३
0

विराटनगर : कोशी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र अवस्थामा रहेका २३२ वटा योजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने...

समाचार

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८३
0

इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राई...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

एक अर्ब ५७ करोडको हुण्डी कारोबार आरोपमा सुनसरी प्रहरीद्धारा दुई जना पक्राउ

अशोज २, २०८३
कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३
वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

अशोज १, २०८३
इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

अशोज २, २०८३

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

अशोज २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

एक अर्ब ५७ करोडको हुण्डी कारोबार आरोपमा सुनसरी प्रहरीद्धारा दुई जना पक्राउ

अशोज २, २०८३
हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    404 shares
    Share 162 Tweet 101
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.