Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालयअगाडि पत्रकारहरूको धर्ना, विवादास्पद आमसञ्चार विधेयक खारेज गर्न माग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८२
in समाचार
0
कोशी प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालयअगाडि पत्रकारहरूको धर्ना, विवादास्पद आमसञ्चार विधेयक खारेज गर्न माग
70
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकमा समाचार लेखेकै आधारमा पत्रकारलाई जरिवाना गर्ने प्रावधान खारेज गर्न माग गर्दै बिहीबार प्रदेशका १४ वटै जिल्लामा पत्रकारहरूले एक घण्टा धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हिमा चेम्जोङका अनुसार महासंघले भदौ ९ गतेदेखि चरणबद्ध आन्दोलन थालेको हो। उक्त आन्दोलन अन्तर्गत बिहीबार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालय अगाडि धर्ना दिइएको हो ।

भदौ ९ गते प्रदेशभरका पत्रकारहरूले सामाजिक सञ्जालमार्फत प्रेस स्वतन्त्रताविरोधी प्रावधान खारेज गर्न माग गर्दै सन्देश पोस्ट गरेका थिए । भदौ १० गते मुख्यमन्त्री, विभागीय मन्त्री, संसदीय दलका नेता तथा प्रमुख सचेतकहरूलाई भेटी विधेयक सच्याउन ध्यानाकर्षण गराइएको थियो ।

यस्तै, भदौ ११ गते पत्रकारहरूले आफ्ना जिल्लाका प्रदेशसभा सदस्यहरूलाई सोही सन्देश एसएमएसमार्फत पठाएका थिए। भदौ १२ गते (आज) भने मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम गरिएको हो।

भदौ १३ गते शुक्रबार दिउँसो विराटनगरको देवकोटा चोकमा पनि एक घण्टा धर्ना दिने कार्यक्रम तय भएको महासचिव चेम्जोङले जानकारी दिइन्। “यदि सरकारले प्रेस स्वतन्त्रता विरोधी कदम नहटे थप सशक्त आन्दोलन गरिनेछ,” उनले भनिन्।

विवादास्पद विधेयकमा समाचार लेखेकै आधारमा पत्रकारलाई १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसहित कोशी प्रादेशिक आमसञ्चार प्रतिष्ठानमा सरकारद्वारा नियुक्त रजिष्ट्रारलाई व्यापक कार्यकारी अधिकार दिने व्यवस्था गरिएको छ। यसै प्रावधानको विरोधमा महासंघ आन्दोलित बनेको हो।

पत्रकार महासंघले राजनीतिक नियुक्ति पाएका रजिष्ट्रारलाई समाचारबारे उजुरी लिनेदेखि जरिवाना असुल गर्ने र क्षतिपूर्ति तोक्ने अधिकार दिन खोजिएकोमा गम्भीर आपत्ति जनाएको छ। महासंघले विवादास्पद दफा संशोधन नगरे सडक आन्दोलन चर्काउने चेतावनीसमेत दिएको छ।

सरोकारवालाहरूले संघीयता कार्यान्वयन भइसकेपछि पनि पत्रकारमैत्री कानुन बन्नुपर्नेमा उल्टै प्रेस स्वतन्त्रता खुम्चिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

Tags: #पत्रकारआमसञ्चार विधेयककोसी प्रदेशधर्नानेपाल पत्रकार महासंघपत्रकार महासंघ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

तपाईँको आजको भाग्य कस्तो छ ?

भदौ २८, २०८३
झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    345 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    256 shares
    Share 102 Tweet 64
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    240 shares
    Share 96 Tweet 60

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.