Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तरहरा कसरी नाम हुन गयो ? यस्तो छ तरहराको इतिहास, सभ्यताको उचाईमा फड्को मार्दै तरहरा

तरहरा पूर्वको मुटु हो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १४, २०७७
in टाकुरा विशेष, विचार
0
तरहरा कसरी नाम हुन गयो ? यस्तो छ तरहराको इतिहास, सभ्यताको उचाईमा फड्को मार्दै तरहरा
1.1k
SHARES
Share on FacebookShare on Twitter

प्राकितिक सुन्दरताले सिंगारिएको पूर्वी नेपालको सुन्दर शहर तरहरा हाल प्रदेश नम्बर १ अन्र्तगत सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं. २० मा पर्दछ ।

दुई ठूला शहर धरान र इटहरीको बीचमा पर्ने यस स्थानमा नेपालका आदिबासी जाती मध्येको एक थारु जातीको बर्चश्व रहेको छ ।

पछिल्लो समय नेपालका विभिन्न पहाडी जिल्ला खोटाङ, भोजपुर, ओखलढुंगा, ईलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, पाँचथर आदि ठाउँबाट बसाई सरेर आएका मानिसहरुको समेत उल्लेख्य बसोबास रहेको छ ।

नम्बरी सुनलाई कसी लगाउनु पर्दैन भने झैँ तरहरा आफँैमा सुन्दर छ ।

१० वर्षे द्धन्दकालमा समेत शान्तिपूर्ण रहन सफल यो ठाँउमा बसोबास गर्ने सबै मानिसहरु एकआपसमा सुमधुर सम्बन्ध राख्दछन् । तरहराको ऐतिहाँसिक पृष्ठभूमि केलाउने सन्दर्भमा यो ठाँउको नाम तरहरा कसरी रहन गयो भनेर यहाँका चौधरी पुर्खाहरुलाई सोधखोज गर्दा यसको इतिहास यस्तो प्रकारको रहेको बताउँछन् ।

तरहराका प्रायजसो ठाँउ चिस्यान क्षेत्र (जब्दी) थियो । धरान र तरहराको बीचमा ठूलो चारकोसे जङ्गल रहेकाले यो पशुपालनको क्षेत्र पहिले देखि नै थियो । त्यस्ताका तरहरा (कराईवन) र मौलियामा बसोबास गर्ने चौधरीहरुले खेतीपाती र पशुपालन गरेर आफ्नो जीविकोपार्जन गर्दथे ।

परिश्रमी र इमान्दार चौधरीहरुको प्रशस्त गाई, बाँखा्र, भैँसीहरु चराउन जंगल जाने र चराएर घर ल्याउने दिनचर्या थियो ।

एकदिन गोठालो गएको एकजना चौधरीको छोरा दिउँसोको टंटलापुर घामले तिर्खा लागि त्यहाँ नजिकमा भएको तालको पानी खान भनि गएछ । दुर्भाग्य भनौं, त्यो गोठालो बालक त्यस ठाँउको जब्दि भासमा परी हराएछ ।

वा भनौँ जब्दीले बालकलाई निलेछ । उ पानी खान गएको कुनै मान्छेले देखेको भएपनि निकाल्थे होला । तर, कसैले थाहा नपाएको कारण निस्कन नसकेर उसको मृत्यु भएछ । पछि उसका बुबा आमाले खोजी गर्दै जादाँ भाँस (जब्दी) तिर पाईला गएको पत्ता लगाई उत्खनन गर्दा लास भेटिएछ । र, त्यहीँ आफ्नो परम्परा अनुसार दाह संस्कार गरेछन् ।

बालकलाई जब्दिले निलेकोले (तरमें हरागेले) चौधरी भाषामा’ बाट विकसित हुँदै तरमें हरागेले भन्दा भन्दै तरहरा नाम रहन गएको भन्ने कुरा चौधरी समुदायले प्रष्ट्याउँछन् ।

एकातर्फ यस्तो तथ्यमा आधारित र सुन्दा सान्दर्भिक लाग्ने लोकोत्ति भेटिन्छ भने अर्कोतर्फ जंगला मुलुक तरहरा अहिलेको बजार क्षेत्र र राजमार्ग क्षेत्रमा त जंगली जन्तुको हात्ती, बाघ, चितुवाको डरले कुनै मानिसको बसोवास नै थिएन ।

अहिलेको बजार क्षेत्रबाट करिब २५, ३० मिनेटको दुरी मात्र चौधरीहरुको बसोवास थियो । पहाडे जातीको बसोवास भने प्रायः शून्य नै थियो । यहाँ चिस्यान क्षेत्रमा तरबारे झार प्रशस्त पाईन्थो । त्यसैले त्यसै झारको नामबाट नै तरवारे तरवारे भन्दा भन्दै तरहरा विकसित रुप नाम रहेको भन्ने पनि सुन्नमा आयो । जे भए पनि जसो भए पनि तरहरा आफँैमा सुन्दर शहर हो । यहाँका मानिसहरु वा यहाँ बसोवास गर्ने अधिकांश समुदायहरु परिश्रमी छन् ।

पशुपालनको क्षेत्र भएर नै हुनुपर्छ, यहाँ राज्यले कृषि फारम समेत स्थापना गरी गाँउ समुदायलाई सेवा दिईरहेको छ । यो निकै ठूलो क्षेत्र ओगटेर रहेको छ । यहाँ कृषि बागवानी, फलफूल खेती, अनि मत्स्यपालन, कुखुरापालन, बंगुरपालन र गाईपालन समेत गरिदैँ आएको छ । उन्नत विऊ वीजन घाँस र कृषि जे.टि.ए. परामर्श सेवा सुविधा र सहयोग समेत पाईन्छ । साथै पशु उपचार एवं सेवा सुविधाहरु यहाँका बासिन्दाहरुले सहज ढंगले सदुपयोग गर्दै आईरहेका छन् ।

तरहरा सबैको आर्कषणको थलो कसरी बन्न गयो त ?

प्रायः मानिसहरुको अवस्था निम्न नै हुन्छ । आफ्नो परिश्रम वा भनौँ लगनशीलताले मानिसले आफ्नो आर्थिक, शैक्षिक र राजनैतिक जग बसालेको हुन्छ । कृषि र पशुपालनको क्षेत्र धरान र तरहरा बीचको चारकोसे जंगल हरियाली स्वाथ्य शिक्षा अनि यातायातको पहुँच भएर नै यो ठाउँ सबैको रोजाईको ठाउँ बन्न पुग्यो ।

निम्न आय स्रोत भएका मानिसहरुले पशुपालन गरी दूग्धजन्य पदार्थ उत्पादन गरी आफ्नो आयआर्जन गर्ने निरन्तरता अध्यावधिक चलि नै रहेको छ । गाई भैसीँको दूध खरिदका लागि यहाँ विभिन्न दूध डेरी उद्योगहरु संचालनमा छन् । यहाँबाट उत्पादित घ्यू, दही, खुवा नेपालका अन्य शहर बजारहरुमा बिक्री, वितरण हुने गरेको पाईन्छ ।

त्यसो त ग्राहकहरुलाई मन लोभ्याउने सेकुवा कर्नरहरु र अन्य रेष्टुरेन्टहरु पनि नभएका हैनन् । यहाँका उद्योग व्यवसायहरुले आफ्नो क्षमताले भ्याएसम्म जनसमुदायलाई सेवा पु¥याई नै रहेका छन् । हेर्न लायक ठाउँमा तरहरा कै नजिकमा रहेको कृषि फारमको पूर्वपट्टि तालतलैया पर्यटकीय दृष्टिकोणबाट हेर्दा अव्बल नै मान्नुपर्छ । यो ठाउँमा घुम्न डुल्न र रमाउन विभिन्न ठाउँबाट युवापुस्ताहरुको भीड नै लाग्ने गर्दछ ।

त्यसो त वयस्कहरु पनि प्राकृतिक रमणीयतामा नरमाउने हैनन् । तरपनि युवा जोडीहरुको बाहुल्यता रहन्छ भन्न खोजिएको हो ।

यहाँ प्रायः मानिसहरु जो पशुपालनमा ब्यस्त रहन्छन् उनीहरु बिहान ३ बजे देखि नै आफ्नो काममा खटिएको पाईन्छ । यहाँका श्रमजीवि मानिसहरु जो दिन भरीको ज्याला मजदूरीबाट नै आफ्नो भरण पोषण गर्दछन् र उज्यालो भविष्यको सपना देख्छन् । उनीहरुको राम्ररी नै गुजारा चलेको देखिन्छ ।

एकातिर यस्तो परिस्थिति देखिन्छ भने अर्कोतिर धेरै धनाड्य तथा उद्योग पति एंव भारत तथा बेलाएतका भूपु. शैनिकहरुको वा उहाँहरुका सन्ततीहरुको समेत यो ठाउँमा बाहुल्यता रहेको छ । यहाँका विभिन्न घर परिवारका समुदायको पीडामा सम्पन्न समुदायमा रहेका मानिसहरुको आखाँ रसाउँछन् ।

सभ्यताको उचाईमा सिंगो तरहरा शहर फड्को मार्दैछ । शिक्षाको क्षेत्रमा हेर्ने हो भने नि उच्च शिक्षा अध्ययन गर्न अन्यत्र जानु पर्दैन । प्राविधिक शिक्षालय समेत तरहरा आँपगाछीमा संचालन भईरहेको अवस्था छ । देशका विभिन्न ठाउँहरुबाट प्राविधिक शिक्षा हाँसिल गर्न यस ठाउँमा विद्यार्थीहरु आउँने गरेको समेत पाइन्छ ।

आधारभूत शिक्षाको लागि प्रत्यक १५ मिनेटको दुरीमा सरकारी विद्यालयहरु र माध्यमिक उच्च माध्यमिक विद्यालयहरु समेत सेवारत छन् । त्यसो त निजी आवासीय विद्यालयमा शहीदका बालबच्चा पढाउने प्रबन्ध समेत रहेको छ । प्रशस्तै निजी बोर्डिङ स्कूलहरु छन् ।

ती विद्यालयबाट उत्तीर्ण विद्यार्थीमा डाक्टर इन्जिनियर जनशक्ति देशले प्राप्त गर्न सकेको अवस्था कसै सामु लुकेको छैन ।

त्यसैले भोलिको तरहराको भविष्य झन् झन् उज्वल हुन सक्ने कुरा ऐेना जस्तै छर्लङ हुन्छ भन्नु पर्ने हुन्छ । जनशक्ति बढ्दो क्रममा भएकाले यो व्यापारीक केन्द्र पनि बन्दैछ ।

यहाँ प्रशस्तै विद्घानहरु पनि हुनुहुन्छ । उद्योगपतिहरु पनि हुनुहुन्छ । सचेत पत्रकारहरु पनि हुनुहुन्छ । डाक्टर ईन्जिनियरहरु हुनुहुन्छ । दक्ष राजनैतिक कार्यकर्ताहरु पनि हुनुहुन्छ । जो तरहराको सुन्दर सपना साकार बनाई यस्लाई नेपालकै पर्यटकीय एवं मनोरम ठाउँ बनाउन अहोरात्र खटि रहनु भएको छ ।

त्यसैले पनि तरहरा हामी सबै तरहराबासीको शान हो अनि पहिचान हो । अहिले आएर तरहरा इटहरी उपमहानगरपालिकामा गाभिएको छ ।

तरपनि यसको छुट्टै महत्व छ, छुट्टै अस्तित्व छ । यो पूर्वी नेपालको क्षेत्र नं १ मा पर्ने सुन्दर शहर तरहराको भोलिको भविष्य समेत निकै राम्रो हुने कुरा यो लेखक निसङकोच भन्न सक्दछ ।

किनभने यो प्रकृति प्रदत्त वरदान हो । तरहरा पूर्वको मुटु हो ।

Tags: #तरहरा#विचार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)
FEATURE BREAKING

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

नेपालमा विपत्ति आउनु अब असामान्य घटना रहेन । भूकम्प, बाढी, पहिरो, हिमपहिरो, डुबान र अन्य प्राकृतिक प्रकोपले बर्सेनि नेपाली जनजीवनलाई...

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा
FEATURE BREAKING

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

by अर्जुन उप्रेती
भदौ २२, २०८३
0

इटहरी : शिखर चुम्ने सपना पछाउँदै गर्दा आधार शिविरमै ज्यान गुमाउन पुगे टाशी शेर्पाले । टेन्टमा सुतिरहेकै अवस्थामा उनको मृत्यु...

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भदौ १९, २०८३
संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

भदौ १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    286 shares
    Share 114 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.