इटहरी : सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ ।
कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार सप्तकोसीमा दुई लाख ५७ हजार सात सय ९० क्यूसेक प्रतिसेकेन्ड बहाव पुगेको छ । नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् ।
साउन ३२ गते कोसीमा यस वर्षकै बढी दुई लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेन्ड बहाव मापन गरिएको थियो । पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोसीको जलस्तर अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
यसैबीच निरन्तरको वर्षासँगै कोसीको बहावमा निकै नै उतारचढाव देखिँदा श्रीलङ्का टापु क्षेत्रमा नदीले कटान थालेको छ । नदीमा आएको उतारचढावका कारण यसअघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पुनः कटान सुरु भएको हो ।














Discussion about this post