Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीको मुख्य चौकमा राजा वीरेन्द्रको शालिक राख्ने मेयरको अभिव्यक्तिपछि चौतर्फी विरोध

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ११, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीको मुख्य चौकमा राजा वीरेन्द्रको शालिक राख्ने मेयरको अभिव्यक्तिपछि चौतर्फी विरोध

इटहरीको मुख्य चौकमा मेयर हेमकर्ण पौडेलसहित स्थानीय ।

1.1k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीको मुख्य चौकमा राजा वीरेन्द्र शाहको शालिक राख्ने भएपछि चौतर्फी विरोध सुरु भएको छ ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले केहीदिनअघि इटहरीको मुख्य चौकमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना गर्ने अभिव्यक्ति दिएपछि चौतर्फी विरोध सुरु भएको हो ।

मेयर पौडेलले यहाँ शालिक राख्ने अभिव्यक्ति दिएको सार्वजनिक भएसँगै अहिले सामाजिक सञ्जाल तथा विभिन्न संघ, संगठनहरूले विरोध सुरु गरेका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघ, एमाले निकट विद्यार्थी संगठन, अनेरास्ववियु, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विरोध जनाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघले शुक्रबार मेयर पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै आपत्ति जनाएको थियो ।

देश लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अन्तर्गत सञ्चालित रहेको र नेपाली जनताको निकै लामो संघर्ष र बलिदानबाट प्राप्त संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण उपलब्धिलाई सँस्थागत गर्ने पहिलो जिम्मेवारी तीन तहको सरकारको रहेको भन्दै महासंघले यी उपलब्धिमा कहिँकतैबाट क्षयीकरण नहुने विश्वास व्यक्त गर्दै महासंघले ध्यानाकर्षण पत्र बुझाएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघद्वारा जारी ध्यानाकर्षण ।

यस्तै, शनिबार विद्यार्थी संगठनहरूले एक विज्ञप्ती जारी गर्दै विरोध जनाएका छन् । संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै समाजमा व्याप्त विकृत्ति विसङ्गतिहरूको चिरफार गर्दै जनभावना अनुरुप असल कार्य गर्न गराउन आफूहरूको खबरदारी रहेको बताएका छन् ।

‘इतिहास संरक्षणको नाममा स्थानीय मौलिक कला र लोक सँस्कृति प्रचार–प्रसार र प्रबद्र्धन गर्नुको सट्टा कुनै अमुक व्यक्ति वा संस्थाको मूर्ती चौकको भित्तामा राखेर इटहरी सरकारले के सन्देश दिन चाहान्छ’ विज्ञप्तिमा भनिएको छ ।

अनेरास्ववियू सुनसरी अध्यक्ष अतीतकिरण नेपालले इतिहासप्रति आफूहरूको सम्मान भएपनि चौकमा राजाको मूर्ति आवश्यकता नरहेको बताए । उनले भने, ‘इतिहासको पुनरागमन हैन, प्रगतिशील रूपान्तरण हाम्रो र आजको समयको आवश्यकता हो । इतिहासपति हाम्रो सम्मान छ, तर पश्चगमन तर्फको यात्राप्रति घोर आपत्ति छ ।’

मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रको स्वर्णीम चरणमा आइपुग्दा समेत कुनै राजाको कृत्रिम मूर्ति व्यस्त सडककोबीचमा खडा गरेर इतिहासको संरक्षण हुने मान्यता राख्नु आफैँमा पश्चगामी कदम भएको विद्यार्थी नेताहरूको भनाइ छ ।

विद्यार्थी संगठनहरूको विज्ञप्ति ।

इटहरीमा अहिलेको आवश्यकता सार्वजनिक शौचालय, आकाशे पुल, सीसी टिभी तथा सडक बत्ति जडान गरी हरित नगरी इटहरी बनाउनेतर्फ स्थानीय सरकारको ध्यानाकर्षण हुनुपर्ने अनेरास्ववियु क्रान्तिकारी सुनसरीका अध्यक्ष नवीन दाहालले बताए ।

एमाले सम्बद्व अनेरास्ववियु जिल्ला कमिटीका नवराज खड्का, नेकपा माओबादी केन्द्र सम्बद्व अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष नवीन दाहाल र नेकपा एकीकृत समाजवादी सम्बद्व अनेरास्ववियूका जिल्ला अध्यक्ष अतीत किरण नेपालले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

कतिपयले भने सामाजिक सञ्जालमाफर्त इटहरी उपमहानगरले शुक्रबार मात्रै नीति तथा कार्यक्रममा थारू जाति यहाँको पहिलो नागरिक भएको समेटेका कारण थारूकै प्रतिमा राख्नुपर्ने पनि तर्क गर्दै आएका छन् ।

कतिपय राजावादीहरूले भने शालिकसँग पनि डराउनुपर्ने देश भनेर अभिव्यक्ति दिँदै आएका छन् ।

Tags: #इटहरी उपमहानगरपालिकाटाकुरा विशेषविरोध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)
FEATURE BREAKING

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

by राज भट्टराई
अशोज १, २०८३
0

मोरङको विराटनगरमा रहेर लामो समयदेखि कविता तथा आख्यान विधामा कलम चलाइरहेकी साहित्यकार सीमा आभासको पछिल्लो समय ‘महायुग’ उपन्यास प्रकाशित भएको...

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?
FEATURE BREAKING

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

by अभिमन्यु अभिजित
अशोज १, २०८३
0

इटहरी : यही भदौको २५ र २६ गते अर्थात् बिहीबार र शुक्रबार सुनसरीका विभिन्न स्थानबाट प्रहरीले फरक फरक मुद्दामा दोषी ठहर...

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

अशोज १, २०८३
इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

अशोज १, २०८३

अब गाउँमा बाँकी को छन् ?

अशोज १, २०८३

‘विशेष पुस्ता’को भ्रममा जेनजी

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३
कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३
वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

अशोज १, २०८३
इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    274 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.